समय : ११:०४ am | आइतबार , असार १४ गते २०८३

प्युठानको दुई स्थानीय तहले ‘मगर दिवस’मा बिदा

स्वर्गद्वारी अपडेट | फागुन १४ गते २०८०

प्युठान।प्युठानका दुई गाउँपालिकाले मगर दिवसमा स्थानीय बिदा दिने भएका छन्।

४२ औं राष्ट्रिय मगर एकता दिवसको दिन सरुमारानी गाउँपालिका र ऐरावती गाउँपालिकाले फागुन १५ गते गाउँपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने गाउँ कार्यपालिकाको बैठकबाट निर्णय भएको पालिकाले जनाएको छ।

यो पनि पढ्नुहोस्