समय : ०९:४३ am | शनिबार , श्रावण १२ गते २०८१

उदयपुरकोट राजदरबार कसरी पुग्ने ?

स्वर्गद्वारी अपडेट | माघ २७ गते २०८०

नेपालमा तत्कालीन समयमा रहेका बाइसे चौविसे राज्यहरुमा उदयपुरकोट राज्य बाहेक अन्य कुनै पनि राज्यमा ब्राह्मण राजा भएको इतिहास पाइँदैन।राजा र राजदरबारको अस्तित्व रहँदासम्म यस दशैँ घरमा दुर्गा स्थापना,ब्राह्मणबाट दुर्गापाठ,सप्तामीमा फूलपाती भित्र्याउने तथा अस्टमी तथा नवमीमा पशुबलि सहित पुजापाठ गर्ने र दशमीको दिन यस राज्यका विभिन्न मौजाहरुबाट सराय नाचका साथमा दरबारमा आएर राजाको हातबाट टिका ग्रहण गर्ने परम्परा रहेको थियो।

उदयपुरकोट राजदरबार कसरी पुग्ने ?

माण्डवी गाउँपालिका-३ नयाँगाउँबाट उकालो लागेपछि शुरु हुन्छ उदयपुरकोटको यात्रा। तल बग्ने माण्डवी नदी अर्थात माडीखोलाले बनाएको नागवेली आकारका सुन्दर डाँडाकाँडाको मनमोहक प्राकृतिक दृष्यले अवलोकन गर्दै यात्रा सुरु हुन्छ।

उदयपुरकोट दरबार सम्म जान धेरै मार्गहरु छन् । तर मोटरमार्गबाट नै उदयपुरकोट पुग्नै हो भने भालुबाङ–प्युठान–रोल्पाको सडकमा पर्ने नयाँगाउँ पुग्नै पर्दछ। नयाँगाउँबाट उदयपुरकोट अर्थात घोवाघाटसम्म पुग्नका लागि १४ कि.मी मोटर मार्ग यात्रा गर्नुपर्दछ ।

घोराही–प्युठानको पुरानो सडक मार्ग भएर पनि जान सकिन्छ ।बंगलाचुली गाउँपालिका हुँदै माण्डवी गाउँपालिका सम्म आईपुग्दा  यो मार्गमा पहाडी जनजीवन, कोट, लेक र उच्च पहाडी श्रृंखला, सुन्दर हिमाल र तराईको मैदानी भाग पनि यात्रामा अवलोकन गर्न सकिन्छ।

दरबार पुगेपछी  थोरै मैदानी भाग र त्यसबाट देखिने पहाडको चुचुरो उठेको पर्यटनको लागि रमणीय प्राकृतिक भ्युटावर हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page