समय : ०५:४३ am | शनिबार , श्रावण ११ गते २०८१

जीपलाइन सञ्चालनले मल्लरानीमा पर्यटक बढे   

स्वर्गद्वारी अपडेट | माघ २२ गते २०८०

प्यूठान।मल्लरानीमा जिपलाईंन सञ्चालन भएपछि आन्तरिक पर्यटक बढेका छन्।प्यूठानको मल्लरानी गाउँपालिका ४ स्थित पर्यटकीयस्थल मल्लरानीमा जीपलाइन सञ्चालन भए संगै दैनिक जसो भिड हुने गर्दछ। 

मल्लरानी टुरिजम इन्भेस्टमेन्ट कम्पनी प्रा.ली. मार्फत त्यहाँका स्थानीयवासीहरुको शेयर लगानीमा जीपलाइन सञ्चालन भएको कम्पनीका अध्यक्ष इमान सिंह भारतीले बताए । ‘५० जनाको शेयर संकलन भइसकेको छ’–अध्यक्ष भारतीले भने–‘करिब ८० लाख बजेट खर्च भएको छ अब बाँकी रहेको संरचना बनाउदा १ करोड बजेट खर्च हुन्छ ।’  जीपलाइन सञ्चालन भएपनि अरु धेरै संरचनाहरु पिङ, पार्किङ, बाल उद्यन, खाजा घर, रेष्टुरेन्ट, मिनी जु लगायतका काम अझै बाँकी रहेको उनले बताए । शेयर सदस्यमा सबै भन्दा कम ५० हजार र सबै भन्दा बढि १२ लाखसम्म शेयर लगानी भएको अध्यक्ष भारतीले बताए । दुइ वटा सामुदायीक वनहरु संग समन्वय गरेको समेत उनले बताए । विधिवत रुपमा सञ्चालनमा आएको यो जीपलाइन लुम्बीनी प्रदेशको पाहिलो हुनसक्ने बताउदै जीपलाइन सात सय मिटर लामो रहेको उनको भनाइ छ । यसले जिल्लाकै पर्यटन क्षेत्रमा थप सहयोग पुगेको अध्यक्ष भारतीले बताउछन् ।

यो जीपलाइन जिल्लाकै पहिलो लामो दुरीको जीपलाइन हो । प्यूठानको सदरमुकाम खलंगा देखि ४ किलोमिटर  पक्की सडक माथि उक्लिएपछि पर्यटकीयस्थल मल्लरानी पुगिन्छ ।

पर्यटकीय गन्तव्य मल्लरानी डाँडादेखी खलंगा आउदासम्म जीपलाइनबाट प्यूठान नगरपालिकाको उपत्यका, मल्लरानीको झाँक्रिस्थान, टोपरेखर्क र जिल्लाको अधिकांश भु भाग अवलोकन गर्न सकिने स्थानिय युवा निरञ्जन श्रेष्ठले बताए । ‘हामी युवाहरुको रोजाइ र पहलमा जीपलाइन सञ्चालन भएको हो ।’ श्रेष्ठले भने–‘यो जीपलाइनबाट अति सुरक्षितसाथ मनोरम दृष्यहरु अवलोकन गर्न सकिन्छ ।’ युवाकै सक्रियतामा सञ्चालन भएको बताउदैं मल्लरानीको पर्यटन विकासमा थप टेवा पु¥याएको उनले बताए । जीपलाइनमा विमा सुविधा पनि सुचारु भइसकेको श्रेष्ठले जानकारी दिए । साथै मल्लरानीमा पर्यटन प्रवद्धनका लागि  स्थानिय सरकारले समेत विभिन्न संरचनाहरु निर्माण गरिसकेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page