समय : ०९:३७ am | शनिबार , श्रावण १२ गते २०८१

स्वर्गद्वारी-५ मा ज्येष्ठ नागरिकलाई सम्मान

स्वर्गद्वारी अपडेट | माघ १९ गते २०८०

प्युठान।स्वर्गद्वारी नगरपालिका वडा-५ सारीले जेष्ठ नागरिकलाई शुक्रबार  सम्मान गरेको छ।यस वडाभित्र रहेका ७१ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप तातो कपडा वितरण गरिएको हो। 

शुक्रबार वडा कार्यालयमा एक कार्यक्रम गर्दै ७४ जेष्ठ नागरिकहरुलाई बल्याङकेट(तातो कपडा) र च्यावन परास वितरण गरेको वडा-५ का वडाध्यक्ष  गिर बहादुर घर्तीले बताए। "हरेक व्यक्ति जीवनमा एकपटक जेष्ठ  नागरिक हुने बताउँदै ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो।"उनले भने- समाजका अघिल्लो पुस्ता र समाजका अभिभावकलाई सधै सम्मानको खाँचो रहेको वडाध्यक्ष घर्तीको भनाई छ।

पछिल्लो समय घर–परिवारमा ज्येष्ठ नागरिक एक्लै भएको हुँदा उनीहरुलाई  स्थानीय सरकार साथमा रहेको आभास दिलाउन ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत बल्याङकेट र च्यावन परास वितरण गरिएको वडा अध्यक्ष घर्तीले  जानकारी दिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page