प्युठानको झिमरुक गाउँपालिका–२ वडा कार्यालयले वडाबासिहरुको घर–घरमै पुगेर सेवा दिने भएको छ।सिहंदरबारलाई जनताको घर घर सम्म पुर्याउने उदेश्यले "वडा देखि घर सम्म" कार्यक्रम अनुरुप काम गर्ने वडा कार्यालयले जनाएको छ।
वडाध्यक्ष कृष्ण पोख्रेलले विशेष गरी ज्येष्ठ नागरिक र असक्तलाई सामान्य काम गर्न समेत वडा कार्यालय सम्म धाउनु बाध्यता टरेको बताए।उनले भने –"२४ घण्टा भित्र जनप्रतिनिधि तथा कर्मचारी घर मै पुग्नेछन र घर बाटै सेवा दिनेछन।"वडा कार्यालयबाट हुने सेवाहरु जन्मेको ३५ दिनभित्रमा जन्मदर्ता, मृत्यु भएको ३५ दिन भित्रमा मृत्यु दर्ता, जन्म प्रमाणित, मृत्यु प्रमाणित, अस्थायी/ स्थायी बसोबास प्रमाणित, विपन्न नागरिक सिफारिस, जेष्ठ नागरिक भत्ता कार्ड, अपाङ्गता परिचय पत्र सिफारिस, दीर्घ रोगी सिफारिस, रातो र निलो कार्ड भएको अपाङ्गता व्यक्तिको सबै प्रकारको सिफारिस वा प्रमाणित र ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकको सबै प्रकारको सिफारिस वा प्रमाणितको काम घर बाटै सेवा दिने वडा कार्यालयले जनाएको छ।
असक्त र ज्येष्ठ नागरिक मात्र नभई सम्पूर्ण वडावासीहरुको घरमै पुगेर सेवा गरिदिने उनको भनाइ छ।‘आफ्नो फोन नम्बर सार्वाजनिक गर्दै ,’ उनले भने, ‘यो सेवा अब निरन्तर नै हुनेछ।’ स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच बढाउन वडाले १० घरपरिवारलाई निशुल्क स्वास्थ्य बिमा गरिदिएको वडाध्यक्ष पोख्रेलले बताए।