समय : ०६:०२ am | शनिबार , श्रावण १२ गते २०८१

माण्डवीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

स्वर्गद्वारी अपडेट | माघ ८ गते २०८०

प्युठान।माण्डवी गाउँपालिकाले प्रवाह गरेका सार्वजनिक सेवाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई सोमबार देबिस्थानमा  सम्पन्न भएको छ ।

माण्डवी गाउँपालिकाले आव २०८०/०८१ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।गाउँपालिकाले आयोजना गरेको  माण्डवी गाउँपालिकाको  बहुउदेश्यीय सभाहलमा सम्पन्न भएको छ। सार्वजनिक सुनुवाई कार्यक्रमा सेवाग्राहि नागरिक, राजनीतिक दल, विषयगत कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिको उपस्थिती भएको थियो ।

काम गरेका सार्वजनिक सेवाको प्रभावकारिताको ५ जना नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु सहित हाकाहाकी बहस गरिएको थियो ।
नागरिकहरु बाट प्राप्त भएका गुनासाहरुको सम्बोधन विषयगत कार्यालयहरुको तर्फबाट जवाफदेहि बक्ताको रुपमा माण्डवी गाउँपालिकाको अध्यक्ष नमराज अधिकारी (रोशन), उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकी,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,र शाखागत प्रमुखहरु लगायतकाले गरेका थिए।
सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै माण्डवी गाउँपालिकाको योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नको लागि अनुगमन योजना निर्माण गरी कार्यान्वयन गर्ने, उत्पादन तथा बजारीकरण गर्ने, सार्वजनिक शान्ति सुव्यवस्था कायम गर्ने प्रतिवद्धता गरिएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page