समय : ०९:३६ am | शनिबार , श्रावण १२ गते २०८१

युवा संघ नेपाल प्युठानको अध्यक्ष माथि आक्रमण

स्वर्गद्वारी अपडेट | माघ १ गते २०८०

प्युठान।नेपाल कम्युनिस्ट पार्टी (एस) निकट युवा संघ नेपाल प्युठानको  जिल्ला अध्यक्ष कमल घर्ति माथि आइतबार अज्ञात समूहले आक्रमण गरेको छ।प्युठानको गौमुखी गाउँपालिकामा लाग्ने माघी मेला दर्शन गर्न गएको घर्ति माथि अज्ञात समूहले आक्रमण गरेको हो।

आक्रमणमा परि घाईते भएको नेकपा एकीकृत समाजवादी प्युठानका अध्यक्ष भोज बिक्रम बुढाले बताए।उनले भने –"धारिलो हतियार प्रहारबाट  घर्तिको टाउकामा गहिरो चोट लागेको छ।" उपचारको लागि जिल्ला अस्पताल बिजुवारमा ल्याएको छौ।" धारिलो हतियार प्रहार गर्नेको खोजी गरी तत्काल कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय प्युठानलाई जानकारी गराएको अध्यक्ष भोज बुढाले बताए । 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page