समय : ०२:३५ pm | शनिबार , श्रावण १२ गते २०८१

वीर नेपाली

स्वर्गद्वारी अपडेट | पौष २१ गते २०८०

अघि बढ्‌‌छौ हामी अव

देशको निम्ती बड्‌छौ सब

बिरताको सन्देश झुक्दै

अघि -अघि बढ्‌छौ सब ।

झुक्ने छैन सिर हाम्रो

रुक्ने छैन यात्रा हाम्रो

तिन करोड नेपाली छौ

एक साथ अघी बढ्‌छौ।

कुनै पनि नेपालीको

सिर झुक्ने छैन हाम्रो

बिदेशीको भरमा परि

बस्न हुन्न कहिले पनि।  

हामि बिर नेपाली

पूर्व पच्चीय उत्तर दक्षिण

सबै हामी नेपाली

सगरमाथाले चिनिएको।

नेपाल हो देश हाम्रो

प्रकृतिले भरिपुर्ण

कति सुन्दर हाम्रो नेपाल

पहाड अनि पखेरामा ।

लालीगुरास फुल नै राम्रो

वन जङ्गल हरियाली

जलश्रोतको धनि देश

हिमाल पहाड तराईको।  

कति राम्रो मिलेको देश

बहुजाती धर्म संस्कृतिको

सबै नेपालीको यहि हाम्रो देश ।।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page