समय : ०१:४१ pm | शनिबार , श्रावण १२ गते २०८१

नौबहिनीमा नदीको बिचमा मन्दिर

स्वर्गद्वारी अपडेट | पौष १२ गते २०८०

प्युठान।प्युठानको नौबहिनी गाउँपालिका-६ अँधेरी स्थित नदीको  बिचमा बनेको माक्रे महाराजको मन्दिर धार्मिक तथा स्थानिय पर्यटकको गन्तब्यको रुपमा विकास भईरहेको छ।

नौबहिनी गाउँपालिकाले निर्माण गरेको माक्रे मन्दिर पछिल्लो समय आन्तरिक पर्यटकको गन्तब्य बन्दै गएको छ।लुङ खोलाको बिचमा रहेको ठूलो ढुंगा माथि निमार्ण गरिएको आकर्षक मन्दिर सो मन्दिर सम्म पुग्ने फलामको पुल बनाईएको छ।

स्याउँलीबाङको नौबहिनी क्षेत्र मुख्य मुहान भएको लुङखोलाले वर्षौ अघि बगाएर ल्याएको ढुंगा रहेको नौबहिनी गाउँपालिका वडा अध्यक्ष मान बहादुर जी.सीले बताए।उनले भने-" किम्बदन्ती अनुसार पुर्खाहरुको पालामा एक जना गाउँको मुखिया माछा मार्न जाँदा ३ दिन त्यहि खोला(रह)मा हराएका थिए,गाउँलेहरुले मुखियालाई खोजीनीति गर्दा ३ दिन पछी सकुसल भेटाएर घर जाँदा केही समय पछी मुखियाको मृत्यु भएको वडा अध्यक्ष जी.सीको भनाई रहेको छ।" रह संगै रहेको त्यो ठुलो ढुँगालाई बर्षौ देखी पुज्दै आएको हुँदा गाउँपालिकाले मन्दिर,पुल र पिकनिक स्थल निर्माण गरेको अध्यक्ष जी.सीले बताए।

मन्दिर संगै त्यहा गुफा पनि रहेको छ ,त्यो गुफालाई संरक्षण गर्न सकियो भने अझ पर्यटकहरुको गन्तव्यको रुपम बिकास गर्न सकिने अध्यक्ष जी.सीको भनाई रहेको छ।            

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिको पहलमा माक्रेको मन्दिर र पुल निर्माण थालिएको थियो।मर्निङ वाक वा ट्रेकिङको गन्तव्य रहेको माक्रे मन्दिर प्युठानको बाग्दुलाबाट आधा घण्टा समयको दुरिमा रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page