समय : ०८:४५ am | शनिबार , श्रावण १२ गते २०८१

कलाकर्मीबाट नेपालको पहिलो मन्त्री:रोज राणा

स्वर्गद्वारी अपडेट | पौष १० गते २०८०

प्युठान।कलाकर्मीबाट नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रभावशाली नेताको छवि बनाउन सफल प्रदेश सभाका सांसद सरोज थापा (रोज राणा) प्रदेशको उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका छन्।

नेपाली कांग्रेसमा ढिला सक्रिय बनेको भएता पनि चलचित्रमा क्षेत्रमा जस्तै राजनीतिमा पनि आफ्नो प्रभाव देखाउन सफल भए उनी र धेरै आकांक्षीहरुलाई पन्छाउँदै मन्त्री बन्न सफल भए।

उनले वि.सं. २०५४ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिएका थिए । त्यसपछि राजनीतिक यात्रा शुरु गरेका उनले नेपाल विद्यार्थी संघको जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय सदस्य र नेपाली कांग्रेस प्यूठानको क्षेत्र नं २ को क्षेत्रीय सभापति दुई कार्यकाल नेतृत्व गरिसकेका छन् ।

फिल्म नायक र निर्माता हुँदै लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य, श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी पाएका थापा रोज राणाका नामले ख्याति कमाएका युवा हुन्।

उनी २०७९ मङ्सिर ४ मा भएको निर्वाचनमा प्युठान प्रदेश सभा क्षेत्र नं ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । नेपाली चलचित्रमा रोज राणाको नामले परिचित थापा आफ्नो निक नेम रोज राणा भएको बताउँछन्।

उनले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘दोस्ती’, ‘टक्कर दुई मुटुको’, ‘म छु नि तिम्रो’, ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइ ’ जस्ता आधा दर्जा भन्दा बढी चलचित्र निर्माण गरेका छन्।

उनले ‘जय पर्शुराम’, ‘मेरो पैसा खोइको’को निर्देशन गरेका छन् भने ‘म छु नि तिम्रो’, ‘टक्कर दुई मुटुको’ लगायतका चलचित्रमा नायकको भूमिका खेलेका छन्।

नेपाल चलचित्र निर्माता सङ्घमा केन्द्रीय सदस्य, महासचिव हुँदै उपाध्यक्ष समेत बनेका राणा पछिल्लो समय राजनीतिमा पनि चर्चामा आउन सफल भएका छन्।

कलाकर्मीबाट नेपालको मन्त्री बन्ने राणा पहिलो व्यक्ति भएको बताइएको छ। उनी प्युठानको प्रदेश सभा क्षेत्र नं ‘ख’ बाट लुम्बिनी प्रदेशसभा सदस्यमा २२ हजार ५ सय १९ मत ल्याएर निर्वाचित भएका थिए।

वि.सं. २०५४ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता बनेका सरोज थापा नेपाल विद्यार्थी सङ्घको जिल्ला उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय सदस्य समेत हुन्।

४१ वर्षीय रोज राणा जिल्लाका युवाहरूमाझ लोकप्रिय भएकै कारण यो सफलता मिलेको नेपाल तरुण दल प्युठान जिल्ला अध्यक्ष रोयल बसेल (रोयल कृष्ण)ले बताए।

चलचित्र क्षेत्रमा रोज राणाको परिचय यतिमै सीमित छैन, उनी नेपाल चलचित्र निर्माता संघमा केन्द्रीय सदस्य, महासचिव हुँदै उपाध्यक्ष बन्न सफल भएका थिए ।

कम्युनिष्टको बलियो आधार इलाका रहेको प्युठानबाट कांग्रेसलाई जित दिलाएपछि उनको चर्चा थप बढ्यो, केन्द्रमा पनि राजनीतिक रोज राणा अझ चिनिए ।

आइतबार उनीसँगै नेकपा माओवादी केन्द्रबाट बाँकेकी प्रदेश सांसद कृष्ण के.सी. सहरी विकास मन्त्री बनेकी छन्।मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्री बनाएका थापाले प्रदेश प्रमुख अमिक शेरचनबाट आइतबार मन्त्रीको शपथ लिएका हुन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page