समय : ०९:४० am | शनिबार , श्रावण १२ गते २०८१

अस्तित्वको कवितासंग्रह “चिहानमाथि महल बनाइरहेको मान्छे” सार्वजनिक हुँदै

स्वर्गद्वारी अपडेट | पौष ६ गते २०८०

समकालीन नेपाली कविता लेखनका एक चर्चित कवि घनश्याम अस्तित्वको पहिलो कविता कृति "चिहानमाथि महल बनाइरहेको मान्छे" भोलि शनिबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक हुँदैछ ।

प्युठानको धर्तीमा अवतरण गरेका घनश्याम अस्तित्व कविता, निबन्ध, कथा आदि साहित्यका विधामा कलम चलाउन पारङ्गत छन् । शिक्षण पेसामा आबद्ध उनको पहिलो कृति कवितासङ्ग्रह `चिहानमाथि महल बनाइरहेको मान्छे´ भोलि सार्वजनिक हुन लागेको हो । पछिल्लो दशकमा उनले लेखेका कविताहरु मध्येबाट साढे पाँच दर्जन कविताहरु यसमा संग्रहित छन्।

विगतदेखि नै फुटकर कविता लेख्दै आएका कवि घनश्याम अस्तित्वको कविता संग्रह भोलि शनिबारदेखि बजारमा आउन लागेको हो । बिएन पुस्तक संसारले प्रकाशन गरेको कविता संग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ ७ गते दिउँसो २:३०बजे कुन्ज थिएटर थापागाउँमा विशेष समारोहबीच सार्वजनिक हुनेछ।

कविता संग्रह सार्वजनिक समारोहमा साहित्यकार श्यामल अधिकारी राधा कल्पित र सुरज रानाले कविताबारे विमर्श गर्नेछन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page