समय : ०९:४५ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा महाकवि देवकोटाको ११५औं जन्मजयन्ती मनाईंयो

स्वर्गद्वारी अपडेट | कार्तिक २७ गते २०८०

 प्युठान।सोमबार नेपाली साहित्यका महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११५ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईंएको छ । साहित्य परिषद् प्युठान ,राप्ती साहित्यिक परिषद् प्युठान  र जनता माध्यामिक बिद्यालय प्युठानको संयुक्त आयोजनामा सोमबार बाग्दुलामा कार्यकम सम्पन्न भएको छ।

सहआयोजक खेमराज कालिका स्मृति प्रतिष्ठान प्युठान ,लुम्बिनी वाङ्मय प्युठान र प्रगतिशील लेखक संघ प्युठान रहेको उक्त कार्यक्रममा प्युठानका विभिन्न क्षेत्रका प्रतिस्ठित साहित्यकार र जनप्रतिनिधीहरुको विशेष उपस्थिति रहेको थियो।

यसै समारोहमा रचना बाचन एवंम् अग्निधर चन्द बोहोरा द्वारा लिखित 'भीरपाखाका सुसेली'(हास्यब्यंग्यात्मक यथार्थ कथा संग्रह बिमोचन समेत गरिएको थियो। आफ्ना कालजयी कृतिमार्फत् नेपाली साहित्यमा पुर्‍याएको योगदानलाई स्मरण गर्दै हरेक वर्षको मनाईदै आइरहेको छ।

देवकोटा २०१५ सालमा गठित पहिलो जनप्रतिनिधिमूलक सरकारको शिक्षा मन्त्री पनि बनेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page