समय : ०१:४९ pm | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा तरुण दलले गर्यो बिरामीलाई फलफूल वितरण

स्वर्गद्वारी अपडेट | कार्तिक १० गते २०८०

प्युठान।नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा शुक्रबार प्युठानस्थित जिल्ला अस्पतालमा उपचार गराइरहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।
नेपाल तरुण दलले ७१ औं स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेको जनाइएको छ।

प्युठान जिल्ला अस्पतालमा गरिएको फलफूल वितरण कार्यक्रममा  नेपाल तरुण दल प्युठानका अध्यक्ष कृष्ण बसेल (रोयल ), नेपाल तरुण दल केन्द्रीय सदस्य सनत श्रेष्ठ,प्युठान नगरपालिका सभापति एवं वडा अध्यक्ष नेत्र के.सी ,प्रदेश सभा सदस्य माननीय धना लक्ष्मी श्रेष्ठ,नेपाली काँग्रेस प्युठानका क्षेत्रीय उपसभापति(ख) सिद्दिमान महतरा,प्रदेश युवा परिषद् संयोजक राजीव थापा क्षेत्री  लगायतका नेता तथा कार्यकर्ता, तरुण दलका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।



सो अवसरमा  नेपाल तरुण दल प्युठानका अध्यक्ष कृष्ण बसेल (रोयल )ले अहिलेको अवस्थामा झन् सशक्त तरुण दल आवश्यक रहेको चर्चा गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page