समय : ०९:२५ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा मोटरसाईकल चोरी गरेको आरोपमा दाङका दुई जना पक्राउ

स्वर्गद्वारी अपडेट | असाेज २७ गते २०८०

प्युठान। प्युठानमा मोटरसाईकल चोरी गरेको आरोपमा दाङका दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा दाङको गढवा गाउँपालिका ५ लोखरपुर बस्ने १९ वर्षीय सुमन चौधरी र १६ वर्षको बालक रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख,प्रहरी नायब उपरिक्षक इश्वर थापाले जानकारी दिए।

उनिहरुले प्यूठान नगरपालिका( ८ खप्रेङखोला स्थित कृष्ण बहादुर थापाको घरको आँगनमा राखेको केमान सिंह थापाको बा ८९ प ४२४० नम्बरको २२० सि सिको पल्सर मोटरसाईकल र माण्डवी – १ देविस्थान स्थित राजेन्द्र अधिकारीको घरको आँगनमा राखेको रा ३ प ८०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाईकल रातीको समयमा चोरी गरेको प्रमुख,प्रहरी नायब उपरिक्षक इश्वर थापाले बताए । अनुसन्धानको क्रममा बा ८९ प ४२४० नंम्बरको मोटरसाइकल कपिलवस्तु चन्द्रौटा र रा ३ प ८०५ नम्बरको मोटरसाईकल दाङ गढावामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page