समय : ०९:४५ am | शनिबार , श्रावण १२ गते २०८१

सहकारी संस्था व्यवस्थापनमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहन्छ –मन्त्रि शर्मा

स्वर्गद्वारी अपडेट | असाेज २५ गते २०८०

प्युठान। जिल्ला सहकारी संघ प्युठानको आयोजना तथा स्थानीय तहको सहयोगमा जुम्री स्थित होटल आयुष्मामा सहकारी क्षेत्रको प्रवर्द्धनमा स्थानीय तहको भूमिकामा बिषयक बृहत अन्तरक्रिया कार्यक्रम बिहिबार सम्पन्न भएको छ।

अन्तरक्रिया गोष्ठिको उद्घाटन सत्रमा वोल्दै जिल्ला सहकारी संघ लिमिटेड प्युठानका अध्यक्ष शुसिल पोख्रेलले सहकारी सञ्चालनका लागि पदिय दायीत्वमा रहेका व्यक्तिहरुले सहकारीको ऐन नीयम र मापदण्डको बारेमा पूर्ण जानकारी राख्नुपर्ने बताए।उनले भने–"सहकारीको परीचय, सहकारीका सिद्दान्त, मुल्य मान्यता, सहकारीमा कोषको व्यवस्था र प्रयोगको अवस्था, सहकारी संस्थामा देखीएका समस्या तथा समाधानका उपायहरु लगाएतका विषयहरुमा बताएका थिए।

जिल्ला सहकारी संघ प्युठानले आयोजना गरेको जिल्ला स्तरीय बृहत अन्तरक्रिया कार्यकमलाई सम्बोधन गर्न प्युठान आएकी सुचना प्रबिधी तथा संचार मन्त्रि रेखा शर्माले सहकारी संस्था व्यवस्थापनमा स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी रहेको बताईन।उनले भनिन –"सहकारी प्रबर्द्दन र व्यवस्थापनमा वर्तमान स्थानीय तहको महत्वपूर्ण भूमिका रहेकोले जिल्लामा संचालित सहकारी संघ संस्थाहरुबाट आवश्यक सहयोग र समन्वय हुनुपर्ने बताईन।स्थानीय तहबाट सहकारीसंग सम्वन्धित ऐन नियम बनाउदा सहकारी संघ संस्थाहरुको जिम्मेवार पदाधिकारिहरुसंगको समन्वयमा सहकार्य गर्न आग्रह समेत गरिन।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ अध्यक्ष श्री मिनराज कडेल, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (सहकारी बिज्ञ)बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल,लुम्बिनी प्रदेश सभा सदस्य, राष्ट्रिय सहकारी महासंघ सल्लाहाकार रबिन्द्र के.सी, प्यूठान जिल्ला समन्वय प्रमुख धर्मबहादुर जि.सी., जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि तथा ब्यवस्थापक, स्थानीय तहका प्रमुख प्रसासकिय अधिकृत,पालिका तथा नगरपालिकाका प्रमुख/उपप्रमुख ,जिल्ला प्रहरी कार्यालय प्रमुख तथा संचारकर्मी हरुको उपस्थिति रहेको थियो।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page