समय : ०१:३१ pm | शनिबार , श्रावण १२ गते २०८१

विकासका काम छिटो गर्न नौबहिनिको आफ्नै जेसीबी

स्वर्गद्वारी अपडेट | असाेज १६ गते २०८०

असोज १६ ,प्युठान।नौबहिनी गाउँपालिकाले विकास निर्माणको काम छिटो छरीतो रुपमा गर्नका लागि सहज होस भनेर जेसिबी खरिद गरेको छ।नौबहिनी गाउँपालिका भित्र  सडक निर्माण, विस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको कामलाई काम लाई  सहज होस भन्ने उदेश्यले जेसीबी खरिद गरेर ल्याइएको नौबहिनी गाउँपालिकाका अध्यक्ष डिलाराम थापाले बताए ।

स्थानीय सरकारलाई बिकास निर्माणको काम गर्ने सवारी साधन हुँदा सहज हुने भएकाले जेसीबी पनि खरिद गरिएको नौबहिनी गाउँपालिकाको प्रमुख प्रसासकिय अधिकृत शिबराज पौडेलले बताए।चालू आर्थिक वर्षको ४५ लाख ७४ हजार रुपियामा जेसिवी खरिद गरिएको गाउँपालिकाले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page