समय : ०२:१४ pm | शनिबार , श्रावण १२ गते २०८१

महंगी,कालोबजारी,अखाद्य बस्तुको बिकृवितरण तथा कृतिम अभावको विरुद्ध यूवा र महिलाहरुद्धारा संयूक्त ज्ञापनपत्र पेस

स्वर्गद्वारी अपडेट | असाेज १५ गते २०८०


राजेन्द्र रावत क्षेत्री , प्यूठान

असोज १५ । लामो समय देखी राष्ट्रियता,जनतन्त्र,जनजिविका,जनअधिकार र सार्बभौमसत्ता तथा स्वाधिनताको पक्षमा निरन्तर संघर्ष गर्दै आइरहेको यूवा संगठन नेपाल प्यूठान् र अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति प्यूठानले आज जिल्ला प्रशासन कार्यालय खलंगामा महंगी,कालोबजारी,अखाद्य बस्तुको बिकृवितरण तथा कृतिम अभावको विरुद्ध संयूक्त रुपमा ज्ञापनपत्र पेस गरेको छ ।

यूवा संगठन नेपाल प्यूठानको संयोजक मुक्ति सी र अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला समिति प्यूठानको संयोजक तिर्सना सी द्धारा हस्ताक्षरित ५ बुँदे ज्ञापनपत्र आज प्रमुख जिल्ला अधिकारी समक्ष बुझाइएको हो ।
ज्ञापन पत्रमा पछिल्लो समय मौलाउदैँ गएको महंगी,कालोबजारी,अखाद्य बस्तुको बिकृवितरण तथा कृतिम अभावले चरमसिमा नाग्दै गएको छ । खाद्यान्य वस्तु लुकाई कृतिम अभाव सिर्जना गर्नु , सरकारद्धारा निर्धारण गरेको मुनाफा २० प्रतिशत भन्दा कैयां गुणा बढी मुनाफा लिनु तथा म्याद सकिएका अखाद्य बस्तुहरुको विक्रि वितरण गर्ने कार्य भैरहेकोले चाडपर्वको समयमा हुने यस्ता व्यथितिहरु नियन्त्रण र कार्वाहि गरी जनतालाई सहज वातावरण सिर्जना गर्न ध्यानाकर्षण गरिएको उल्लेख छ ।


ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मदन कोइराला ले चाढपर्वको समयमा हुने यस्ता व्यथिति नियन्त्रण गर्न जिल्लामा प्रभावकारी अनुगमन गरी नियमन गर्ने विषयमा ध्यानाकर्षण भएको बताएका छन् । ज्ञापनपत्रमा उल्लेख भएका विषयहरु अत्यन्तै महत्वपुर्ण र जनताको जिवन संग सम्वन्धित विषय रहेकोले आफ्नो ध्यानाकर्षण भएको बताए । आफ्नो क्षेमताले भ्याएसम्म यस्ता व्यथितिहरु नियत्रण गर्न पहल गर्ने पनि उनको प्रतिवद्धता रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page