समय : ०५:२५ am | शनिबार , श्रावण ११ गते २०८१

टिकुरीमा करेन्ट लागेर ५८बर्षिय केसीको मृत्यु

सन्तोष सुनार | असाेज १४ गते २०८०

असोज १४ गते आईतवार

प्युठान । प्युठानको टिकुरीमा करेन्ट लागेर ५८ बर्षिय कमल केसीको मृत्यु भएको छ । आईतवार सिंचाईका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर प्युठान नगरपालिका ७ टिकुरीका केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी तथा प्रहरी निरीक्षक सागर भुसालले जानकारी दिए । मृतक केसीलाई घर नजिकैको कुलोबाट मोटर लगाएर करेसाबारीमा सिंचाई गर्ने क्रममा दिउँसो २ बजे करेन्ट लागेको थियो ।

उनको उपचारको क्रममा जिल्ला अस्पताल विजुवारमा दिउँसो ३ बजे मृत्यु भएको प्रहरी निरीक्षक भुसालले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page