समय : ०९:४४ am | शनिबार , श्रावण १२ गते २०८१

अमेरिकी साम्राज्यवादका विरुद्ध यूवाशक्ति शतिसाल बन्नुपर्छ –नेता सन्जिव सी

स्वर्गद्वारी अपडेट | असाेज ११ गते २०८०

राजेन्द्र रावत क्षेत्री

असोज ११ प्यूठान्÷ अमेरिकी साम्राज्यवादका विरुद्ध यूवाशक्ति शतिसाल बन्नुपर्ने नेकपा का पोलिट व्यूरो सदस्य तथा पस्चिम लुम्विनी व्यूरो इन्चार्ज सन्जिव सी ले बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टीको सहायक संगठन यूवा संगठन नेपाल पुर्वी र पस्चिम लुम्विनी व्यूरोको संयूक्त बैठकमा आज सम्वोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् । नेता सन्जिव सी ले देश यतिबेला संकटमा परेकोले देशलाई मुक्त गर्न यूवाहरुले एक पटक हाम्रा पुर्खालाई सम्झिनुपर्ने पनि बताए । उनले दिन प्रतिदिन बैदेशिक हस्तक्षेप बढिरहेको यो समयमा हातमा जे भेटिन्छ त्यही लिएर गाँउ गाँउबाट एकढिक्का भई जाग्राम बस्न समेत आम देशभक्ति, क्रान्तिकारी यूवाहरुलाई अपिल गरे । कार्यक्रममा नेकपा का केन्द्रिय प्रतिनिधी सदस्य तथा यूवा संगठन नेपाल राष्ट्रिय सम्मेलन आयोजक समिति कार्यालय सदस्य विश्लेषण सी , नेकपा केन्द्रिय प्रतिनिधी समिति सदस्य तथा पुर्वी कपिलवस्तुका सेक्रेटरी दिपक सी लगाएतले प्रशिक्षण मुलक मनतव्य व्यक्त गरेका थिए ।

संगठनको केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज बिरवल सी ले केन्द्रिय सर्कुलर बाचनबाट सुरु भएको संयूक्त वैठकको अध्यक्षता संगठनको केन्द्रिय सदस्य तथा पस्चिम लुम्विनी व्यूरो इन्चार्ज सागर सी र संगठनको केन्द्रिय तथा पुर्वी लुम्विनी व्यूरो इन्चार्ज भक्त सी को सन्चालनमा सम्पन्न भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page