समय : ०९:५७ am | शनिबार , श्रावण १२ गते २०८१

राष्ट्रघाती सम्झौता एमसीसी विरुद्ध जनसंगित अभियान सन्चालन हुने

स्वर्गद्वारी अपडेट | असाेज ११ गते २०८०

राजेन्द्र रावत क्षेत्री , प्यूठान्।राष्ट्रघाती सम्झौता एमसीसी विरुद्ध प्यूठानमा सामना जनसंगित अभियान सन्चालन हुने भएको छ। अभियानको लागी अखिल नेपाल जनसाँस्कृतिक महासंघ अन्तरगत व्यूरो सामना साँस्कृतिक परिवार बिहिवार प्यूठान आइपुगेको छ ।

जिल्ला भित्रीदै प्यूठान नगरपालिका नयाँ बजार जुम्रीआइपुगेको सामना परिवारलाई नेपाल कम्यूनिष्ट पार्टी प्यूठानले जुम्रीमा फुलमाला सहित स्वागत गरेको छ । राष्ट्रघाती सम्झौता एमसीसी विरुद्ध प्यूठानमा जनलहर पैदा गर्ने उद्धेश्यले सामना जनसंगित अभियान सन्चालन हुन लागेको नेकपा प्यूठानका सेक्रेटरी परिवर्तन सी ले जानकारी दिए । एमसिसि सम्झौताको दफा ५.१(ख) (३) मा वर्तमान अमेरिकी कानुन र भविष्यमा बन्ने कानुन नेपालले मान्नुपर्ने, दफा ३.१ (च) मा आयोजना नेपालमा सन्चालन हुने र २६ प्रतिशत लगानी नेपालको रहने तर आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पतीमा एमसिसिको मात्र हक रहने, दफा ६.८ अनुसार परियोजनामा काम गर्न आउने विदेशीलाई नेपालको कुनैपनि कानुन नलाग्ने, सम्झौतासंग नेपालको राष्ट्रिय कानुन बाझिएमा एमसिसिको कानुन मान्य हुने लगाएतका बुँदाहरु राष्ट्रघाती वुँदा रहेकाले एमसिसि सम्झौता विरुद्ध सशक्त संघर्षमा होमिन नेकपा प्यूठान आम सर्वसाधारण जनतालाई अपिल गरेको छ ।

सामना जनसंगित अभियान यहि असोज १४ गते देखी जिल्लाका सबै स्थानिय तहमा सन्चालन हुने नेकपा का केन्द्रिय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज जागृति सी ले बताएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page