समय : ०९:०१ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा ३ जना कैदको माफी मिनाहा

स्वर्गद्वारी अपडेट | असाेज ३ गते २०८०

३ असोज ,प्युठान । संविधान दिवसको अवसरमा मंगलबार प्युठान कारागारमा रहेका ३ जनाको कैद सजाय मिनाहा भएको छ।

जिल्ला कारागार प्युठानका प्रमुख सुर्य बहादुर पन्तका अनुसार कैद छुट हुनेमा २ जना पुरुष र १ जना महिला रहेका छन् ।त्यस मध्ये एक सवारी ज्यान ,एक बहुविवाह र एक ज्यान सम्बन्धी कसुर मुद्दाका कैदीले सजाय छुट पाएको पन्तले जानकारी दिएका छन ।

सरकारले संबिधान दिवसको अवसर पारेर मंगलबार ६७० जनाको कैद माफी मिनाहा गरेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page