समय : ०८:३१ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा तीजमा देखिएन उत्साह

स्वर्गद्वारी अपडेट | असाेज १ गते २०८०

प्युठान, असोज १ गते।श्रीकृष्ण जन्माष्टमीदेखि नै महिलाले दर खाने र रमाइलो सुरु गर्ने भए पनि यस वर्ष तुलनामा निकै काम रहयो। न त बजारमा चहलपहल भयो न गाउँघरमा रातभर तीजका गीत गुञ्जिए।सासुबुहारी, नन्दभाउजु, आमा छोरीहरुका दुःख, सुखका विलौना र माइती घरको सम्झना चेलीबेटी जमघट भएर तिजमा गाईने भाका, लय हिजोआज गाउँघरमा सुन्नै मुस्किल भइसकेको छ।

 ‘तीज पर्व महिलाका लागि विशेष पर्व भए पनि पुरानै उत्साह र उमङ्ग यस वर्षको तीजमा नदेखिएको स्वर्गद्वारी नगरपालिका भिंग्रीकी गोमा रेग्मी बताउछिन् ।उनले भनिन्,‘पहिलेको तुलनामा निकै कम मात्र मानिसहरुको भीडभाड ,चहलपहल र आवतजावत भएकोले मन्दिर चौपारीमा लाग्ने तिज मेला यसपालिको तीजमा दर्शक र नाचगान गर्ने धेरै नभएको उनि बताउछिन्।

माण्डवी गाउँपालिका-५चकचके निवासी सरद बस्नेतले जिल्लाका अन्य ठाउँहरु भन्दा यहाँ धेरै भीडभाड रहेको र नाचगान भएको बताए।उनले भने –"गाउँका  युवाहरु जमघट गरी चर्के पिङ,लिंगे पिङ र नाचगानका लागी अलि व्यवस्थितरुपको संरचनाको निर्माण भएको हुँदा हरेक साल जस्तै आज पनि रमाईलो भएको बताए।"भोली तिजको अन्तिम दिन भएको हुँदा उल्लेखनीय दर्शक उपस्थिति हुने बिस्वास रहेको बस्नेत सुनाउछन।

महिलामा मात्रै उत्साह नभई व्यावसायिकरूपमा पनि यस वर्ष निकै प्रभाव परेको माण्डवी गाउँपालिका जस्पुरका होटल व्यवासायी खेम बस्नेत बताउछन ।विगत वर्षमा यस्ता चाडपर्वमा दैनिक १५/२० हजार जतिको कारोबार हुने बताए।उनि भन्छन - यस वर्ष व्यापार राम्रो हुने अपेक्षा थियो तर त्यो हुन सकेन।मेरो मात्रै होइन, बजारमा जुनसुकै क्षेत्रमा पनि व्यापार छैन।पसल कुरेर ग्राहक पर्खेर बस्नुपर्ने बाध्यता रहेको बस्नेतले बताए।

 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page