समय : ०१:२६ pm | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा बस र मोटरसाइकल ठोकिदा एक घाईते

सन्तोष सुनार | भाद्र २४ गते २०८०


भदौ २४ गते आइतबार

प्युठान । प्युठानमा बस र मोटरसाइकल ठोकिदा एक घाईते भएका छन ।

आईतबार जिल्लाको बाग्दुलाबाट घोराही तर्फ जादै गरेको लु १ ख ८८५८ नं बस र माण्डवि गाउपालिकाको १ तिरामबाट चकचके आउदै गरेको रा ६प २५६ नं को मोटर साइकल तिरामको पिपलडाँडामा एक आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यलय प्युठानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक सागर भुषाले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो ।

उक्त घटनामा मोटरसाइकल चालक वर्ष २७ का बलदेव शर्माको दुबै हात भाचिएको र उपचारका लागी जिल्ला अस्पताल विजुवार लिएको भुषाले बताउनु भयो । बस तथा गाडि चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page