समय : ०९:०९ am | शनिबार , श्रावण १२ गते २०८१

अखिल क्रान्तिकारी प्युठानको छैठौँ पुर्ण विस्तारीत बैठक सम्पन्न

सन्तोष सुनार | भाद्र २३ गते २०८०


भदौ २३ गते शनिवार

प्युठान । अखिल क्रान्तिकारी प्युठानको छैठौँ पुर्ण विस्तारीत बैठक जुम्रीमा सम्पन्न भएको छ ।

शनिवार नेकपा माओवादी केन्द्र पार्टीको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) जिल्ला समिति प्युठानको छैठौ पुर्ण विस्तारीत बैठक प्युठान नगरपालिका ४ जुम्रीमा रहेको सहित प्रतिस्ठानमा एक कार्यक्रम विच सम्पन्न भएको छ ।

कार्यक्रमको प्रमुख अथिति रहनु भएको नेकपा माओवादी केन्द्र पार्टीका केन्द्रिय सदस्य तथा जनतासँग माओवादी विशेष रुपान्तरण अभियानका प्युठान जिल्लाका संयोजक निर्मल आचार्यले केही नयाँ काम गर्नका लागि हामी महान् हुन आवश्यक छैन। तर महान् हुनका लागि हामीले केहि नयाँ कामको थालनी गर्न जरुरी छ। यही सिद्धान्त अङ्गालेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) प्युठान भएको बताउनु भएको छ । जिल्लामा भएका अन्य दलहरुको भातृ संगठन भन्दा निकै अगाडि र अब्बल भएको समेत बताउनु भएको छ । यसरी लागेको अखिल (क्रान्तिकारी ) प्युठानका विद्यार्थीहरुले गर्दा पार्टीमा पनि विशेष सहयोग र हौसला मिल्दा आफुले गर्व ठाने बताउनु भएको छ । त्यस्तै कार्यक्रमको विशेष अथिति रहनु भएका नेकपा माआवादी केन्द्र पार्टीका केन्द्रिय सदस्य तथा अभियानका इन्चार्ज नारायण प्रसाद अधिकारीले अखिल क्रान्तिकारी प्युठान एकमा एक तथा हातमा हात र साथमा साथ लागेर लागि रहेको देख्दा खुसी लागेको बताउनु भएको थियो । यसरी प्रचण्ड तरिकाले एकताका साथ अगाडि बढेको हुदा प्युठान जिल्लामा छुट्टै आफ्नो पहिचाहन प्रदेश देखि केन्द्र सम्म चर्चा रहेको धाराण व्यक्त गर्नु भएको थियो ।

विगतका दिनहरुम हामीहरु जस्तै जुझारु र सक्रियताका साथ अखिल क्रान्तिकारी प्युठानका विद्यार्थी लागेको देख्दा आफुले गर्व ठानेको केन्द्रिय सदस्य तथा प्युठान नगरपालिका ३ न. वडा अध्यक्ष सुमन राज श्रेष्ठले बताउनु भएको छ । निरंकुश राजतन्त्र परिवर्तनका लागी जनयुद्धमा रगतको तथा ज्यानको प्रवाह नगरी लडेको नेकपा माआवादीले केन्द्रले फेरी देशमा भ्रष्ट्रचारको डङ्गुर भरिएका कारण सफा गर्न गर्नका लागी तिन महिनै अभियान (९०) दिन चलाएको जनातासँग माआवानी विशेष रुपान्तरण अभियानमा सम्पुर्णले साथ र सहयोग गरी सफल पार्न आग्रह गर्नु भएको थियो । अखिल क्रान्तिकारी प्युठान , वाईसीयल , त्यसैगरी पार्टीका विभिन्न मोर्चाहरुले गरेका कामको उच्च मुल्याङ्कन हुने समेत बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा अखिल क्रान्तिकारीका फ्याक्सन इन्चार्ज विश्व बन्दु थापाले मानव समाजको हित र सम्मान हो , जीवनमा निश्चित उदेश्यले अगाडि बढेमा एक दिन गन्तव्यमा पुग्ने गर्दछ त्यो स्वरुप मैले प्युठानका अखिल क्रान्तिकारी विद्यार्थीमा पाएको बताउनु भएको छ । समाजमा भएका विकृति र विसङ्गती हटाई सभ्य समाजको निर्माण गर्न लागेको समेत थापाको भनाई रहेको छ ।

त्यस्तै कार्यक्रममा अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेशका मुख्य सचिव राजेन्द्र विष्टले गरिब जनताका छोराछोरी पढ्न सक्ने गरी शुल्क निर्धारण गर्न पहल गर्ने, विश्वविद्यालयले जीवन उपयोगी र रोजगारमुखी शिक्षा दिन सक्नुपर्छ, प्राविधिक शिक्षाको विकास गर्नुपर्छ, विश्व बजारमा बिक्ने शैक्षिक गुणस्तर हुनुपर्छ, विद्यार्थीको लागि भौतिक सुविधाहरु हुनुपर्छ भन्ने एजेण्डाहहरु लिएर हिडेको संगठन भएको बताउनु भएको छ । यिनै निति तथा नियमहरु सरकारमा लागु हुनु पर्ने विष्टले धारण व्यक्त गर्नु भएको थियो । अखिल क्रान्तिकारीका विद्यार्थीहरु पनि विभिन्न बहुआयमिक ज्ञानहरु लिई आफ्नो समाज पविर्तन गर्न निरन्तर लाग्न आग्रह गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा प्युठान जिल्लाका इन्चार्ज पुष्कर शर्माले हिजोका दिनहरुमा आमाबुबाले आशिरवार्द दिदा सेना बनेस , पुलिस बनेस भनेर दिनु हुन्थियो भने वर्तमानको समयमा एउटा असल नागरीक बनेस भनेर दिनुहुन्छ जसको देन नेकपा माओवादी केन्द्र पार्टी भएको बताउनु भएको छ । नेकपा माओवादीले कुन पेशा कस्तो भन्ने जनतामा चेतना दिलाएको शर्माले दावी गर्नु भएको छ । नोक्कर उद्पादन गर्न लिएको शिक्षा होइन , मालिक उत्पादन गर्ने शिक्षाको निती तथा निर्माण गर्ने उदेश्य बोकेको भनेको नेकपा माआवादी केन्द्र पार्टी भएको बताउनु भएको थियो ।

कार्यक्रममा अखिल क्रान्तिकारी प्युठान जिल्लाका नौँ वटा पालिकाहरुको संयाजकले आ आफ्नो पालिकाहरुमा भएका मा .वि , उच्च र क्याम्पसहरुमा गठन गरिएका कमिटि इकाईहरुको रिर्पाट प्रस्तुत गरेका थिए । रिपार्टको आधरमा प्युठानमा भएका मावितहका ७१ वटा विद्यालयमा ६२ वटामा कमिटि गठन , २७ वटा प्लसटुमा ६ वटा कमिटि गठन र ६ वटा क्याम्पसमा अखिल क्रान्तिकारी विद्यार्थीले कमिटि गठन गरेको छ । गतसाल २०७९मा भएको स्ववियु निर्वाचनबाट निर्वाचित भएका अखिल क्रान्तिकारीका पदधिकारीलाई प्रमाण पत्र र सम्मान समेत गरीएको हो ।

अखिल क्रान्तिकारी प्युठान जिल्लाका अध्यक्ष प्रेम बहादुर विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माआवादी केन्द्र पार्टीको लुम्बिनी प्रदेशका सविचवलय सदस्य इज्ञ बहादुर केसी (प्रभात)प्रतिक अधिकारी , प्युठान जिल्लाको वाईसीयलका संयोजक मोहोन परियारअखिल क्रान्तिकारी प्युठानका विद्यार्थी लगायको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव गिरजोन सुनारले गर्नुभएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page