समय : ०८:२८ am | शनिबार , श्रावण १२ गते २०८१

राष्ट्रघाती सम्झौता एमसिसि, लघुवित्तको चर्को ब्याजको विरुद्ध सशक्त संघर्ष गर्ने नेकपा प्यूठानको वैठक सम्पन्न

स्वर्गद्वारी अपडेट | भाद्र २१ गते २०८०

राजेन्द्र रावत क्षेत्री

भदौ २१ प्यूठान्÷ राष्ट्रघाती एमसिसि सम्झौता, मिटर ब्याजी र लघुवित्तको चर्को ब्याजका विरुद्ध सशक्त संघर्ष गर्ने निर्णय सहित नेकपा प्यूठानको पाँचौ पुर्ण वैठक बुधवार सम्पन्न भएको छ ।

एमसिसि सम्झौताले राष्ट्रिय स्वाधिनता,सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई यूक्रेनको अवस्थामा पु¥याउने अमेरिकी षडयन्त्र रहेको भन्दै राष्ट्रघाती एमसिसि सम्झौताको विरुद्ध जनतालाई साथमा लिई सशक्त संघर्ष गर्ने निर्णय सर्वसम्मतले पास भएको छ साथै लघुवित्तको मनपरी र मिटर ब्याजीहरुको अवैध धन्दाको विरुद्ध शसक्त संघर्ष गर्ने नेकपा प्यूठानले जनाएकोछ । नेकपा प्यूठानको सेक्रेटरी परिवर्तन सी को अध्यक्षतामा वैठक प्यूठानमा सम्पन्न भएको हो ।

वैठकमा प्रमुख अतिथि नेकपाको पोलिट व्यूरो सदस्य तथा पस्चिम लुम्विनी व्यूरो इन्चार्ज क. सन्जिव सी ले प्रशिक्षणात्मक मनतव्य दिदै एमसिसि सम्झौताको दफा ५.१(ख) (३) मा वर्तमान अमेरिकी कानुन र भविष्यमा बन्ने कानुन नेपालले मान्नुपर्ने, दफा ३.१ (च) मा आयोजना नेपालमा सन्चालन हुने र २६ प्रतिशत लगानी नेपालको रहने तर आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पतीमा एमसिसिको मात्र हक रहने, दफा ६.८ अनुसार परियोजनामा काम गर्न आउने विदेशीलाई नेपालको कुनैपनि कानुन नलाग्ने, सम्झौतासंग नेपालको राष्ट्रिय कानुन बाझिएमा एमसिसिको कानुन मान्य हुने लगाएतका वँुदाहरु राष्ट्रघाती रहेकाले एमसिसि सम्झौता विरुद्ध सशक्त संघर्षमा होमिन पार्टी कार्यकर्ता र आम सर्वसाधारण जनतालाई अपिल गरेका छन् ।

त्यस्तै नागरिकलाई घरवार विहिन बनाई उठिबास र आत्मदाह गर्न बाध्य पार्ने अपराधी मिठर ब्याजी र लघुवित्तका नाइकेहरुलाई जनगुनासो को आधारमा सामाजिक रुपमै जनकार्वाही गर्न पनि नेता सन्जिव सी ले निर्दैशन दिए ।

वैठकमा नेकपा का केन्द्रिय सदस्यतथा प्यूठानका इन्चार्ज कमरेड जागृति सी , केन्द्रिय प्रतिनिधी समिती सदस्य करमेड सुयप्रकाश सी , प्यूठानका पुर्व सेक्रेटरीहरु कमरेड अजय सी, कमरेड केशव सी , जिल्ला पार्टीका सल्लाहकार तथा शहिद परिवार कमरेड मोहन सी, कमरेड विन्दु सी लगायतले प्रशिक्षणात्मक मन्तव्य दिएको जिल्लाका सेक्रेटरी परिवर्तन सी ले जानकारी दिए । राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर्न नेकपा को केन्द्रिय समितीले विभिन्न संघर्षका कार्यक्रमहरु समेत सार्वजनिक गरिसकेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page