समय : १२:२९ pm | शनिबार , श्रावण १२ गते २०८१

नेपाल दलित मुक्तिमोर्चा प्युठान जिल्ला समन्वय समितिको बैठक सम्पन्न

सन्तोष सुनार | भाद्र २० गते २०८०


भदौ २० गते ।नेपाल दलित मुक्तिमोर्चा प्युठान जिल्ला समन्वय समितिको पहिलो बैठक सम्पन्न भएको छ ।

बुधवार नेकपा माआवादी केन्द्र पार्टीको जन वर्गीय संगठन निकट नेपाल दलित मुक्तिमोर्चा प्युठान जिल्ला समन्वय समितिको पहिलो बैठक एक कार्यक्रमको विच प्युठान नगरपालिका ४ स्थित सहित प्रतिस्ठान हलमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अथिति रहनु भएका देशभर वर्तमानको समयमा सञ्चालन गरिरहेको नेकपा मओवादी केन्द्रले जनातासँग विशेष रुपान्तरण अभियान प्युठानका संयोजक तथा केन्द्रि सदस्य निर्मल आचार्यले देशमा दलितहरुको हक र हितका लागी र मानवको लागी सदभाव तथा समान गराउने व्यवस्था लिएको नेकपा माआवादी केन्द्र पार्टी भएको बताउनु भएको छ । विगतमा भन्दा धेरै सहज भएको तर वर्तमान समयमा पुर्ण रुपमा लागु नभए पनि तर केही समयमा निर्ममुल हुने आचार्यले बताउनु भएको थियो । उहाँले यो तिन महिनासम्म सञ्चालन भईरहेको अभियानलाई सफल पार्न सम्पुर्णलाई आग्रह समेत गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र पार्टी प्युठान जिल्लाको संयोजक तथा माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी(रोसन) ले दलित संगठनको जिम्मेवारी नेकपा माआवादी केन्द्र पार्टीले लिएको हो, त्यसैले समाजवाद तिर रुपान्तरण गरि रहेको बताउनु भएको छ । त्यस्तै अधिकारीले पार्टी भित्र दलित जाती भनेर विभेद भएमा लिखितम रुपमा पार्टी कार्यलयमा बुझाउन बताउदै गरिवको सम्पति भनेको शिक्षा हो भनेर धारण व्यक्त गर्नु भएको छ । हामी हिजो तिन हजार छ सय पचाँस दिन घर छाडेका थियौ तपाईहरु नब्बे दिन योे अभियानमा सदभाव , सम्मान र जनातको मन जित्न सकेमा नेकपा माआवादी केन्द्र पार्टी मजबुत र बलियो भई अवस्था परिवर्त गर्ने बताउनु भएको छ ।

कार्यक्रममा नेपाल दलित मोर्चा लुम्बिनी प्रदेशका समिति दुर्ग बहादुर विश्वकर्माले दलितहरु सबै भन्दा पहिले एक हौ ,एक अर्कामा समान र सहमति गर्नु नै दलितहरुको विस्तार गर्नु भएको बताउनु भएको छ । दलिहरुलाई सरकारले दिएको सेवाहरुको सहि तरिकाले सदुपयोग गरौ र अब्बल बनौ समेत विकले बताउनु भएको छ । विकले कुनै पनि काम गर्न एकले सहज नहुने र भनेको समयमा नहुदा दुखहरु भोग्नु पर्ने बताउदै क्षमताको विकास गराउदै संगठनलाई चलाएमा बनाएर समस्याहरुको समधान गर्दा सजिलो हुने बताउनु भएको छ । कार्यक्रममा जिल्लाका नौ वटै पालिकाहरुको नेपाल दलित मुक्तिमोर्चाका संयोजकले पालिकामा भएका गतिविधहरुको जानकारी गराएका थिए ।

ऐरावती गाउँपालिकाका संयोजक तथा लुम्बिनी प्रदेशका सचिवलाय सदस्य ध्रुव गन्धर्वले गाउँपालिकामा नेपाल दलित मुक्ती मोर्चा संगठन राम्रो भएको र सामाजीक कार्यक्रममा अब्बल भएको बताउनु भएको छ । अवको दिनमा अझ व्यवस्थित र सुदृढ तरिकाले अगाडि बढाउने गन्धर्वले बताउनु भएको थियो । झिमरुक गाउँपालिकमा पनि विस्तार हुदै गरेको र यो जनातासँग माओवादी विशेष रुपान्तरण अभियानले मजबुत बनाउन प्रभाव पार्ने पालिकाका संयोजक तथा लुम्बिनी प्रदेशका सदस्य मोहोन परिवारले जानकारी गराउनु भएको थियो ।

त्यस्तै माण्डवी र सरुमारानी गाउँपालिकाको पुरुषत्म बरालीले जानकारी गाराउनु भएको थियो । त्यस्तै प्युठान नगरपालिकाको सन्तोष नेपालीले , मल्लारानी गाउँपालिकाको मिनराज परियारले ,स्वर्गद्वारी नगरपालिकाको खेमराज विश्वकर्मा र गौमुखी गाउँपालिको मङ्गल पयिारले रिपार्ट जानकारी गराउनुभएको थियो । उक्त कार्यक्रममा पालिकाहरुको वडाहरुको निम्न व्यक्तिहरुलाई जिम्मा दिएको छ । प्युठान नगरपालिका २ सन्तोष सुनार , झिमरुक गाउपालिका ४ मोहोन परियार, ऐरावति गाउपालिका ३ ध्रुव गन्धर्व , स्वर्गद्वारी नगरपालिका ९ खेमराज विश्वकर्मा , मल्लरानी गाउपालिका ३ मिनराज परियार नौवहिनी गाउँपालिका ८ तारा विक र ३ मा प्रेम विक , ऐरवति ५ र नौबहिनी ५ केशव विक , झिमरुक गाउपालिका ७ शान्त बहादुर नेपाली , प्युठान नगरपालिका ९ सन्तोष नेपाली , प्युठान नगरपालिका ४ राधेश्याम नेपाली , स्वर्गद्वारी नगरपालिका ७ सुनिल सापकोटा गरी लगायतहरुलाई प्युठानका ६४ वटा वडाहरु दिएको छ ।

नेपाल दलित मुक्ति मोर्चा प्युठानका अध्यक्ष केशव विकको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माआवादी केन्द्र पार्टी लुम्बिनी प्रदेशका सचिवलय सदस्य झपेन्द्र शर्मा , यज्ञ बहादुर केसी (प्रभात) अभियानका इन्चार्ज तथा सविधान सभा सदस्य नारायण अधिकारी , भरत नेपाली लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन शान्त बहादुर नेपालीले गर्नु भएको हो ।
तिन

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page