समय : ०८:५४ am | शनिबार , श्रावण १२ गते २०८१

अभियान पछि ऐरावतीमा पहिलो बैठक सम्पन्न

सन्तोष सुनार | भाद्र १८ गते २०८०

प्युठान । नेकपा माआवादी केन्द्र पार्टीले भदौ १६ गते शनिवारबाट देशभर सञ्चालन गरेको जनतासँग माआवादी विशेष रुपान्तरण अभियानको प्युठान जिल्लाको ऐरावती गाउँपालिका ६ मा उद्घाटन पछि पहिलो बैठक सम्पन्न भएको छ ।

सोमवार विजुलीको ओखलढुङ्गा टोलमा वडा कमिटा अध्यक्ष्य राममणी पाण्डेको अध्यक्ष्यतामा भएको थियो। उक्त कार्यक्रममा प्रमुख अथिति नेकपा माआवादी केन्द्रका केन्द्रिय सदस्य तथा गाउपालिकाको अभियानका इन्चार्ज रुद्र बन्जाडेले नेकपा माओवादी यो अभियानमा जनताहरुको समस्याहरुको नजिकबाट बुझि समधान गर्ने र नेकपा मओवादीले फेरी एक पटक जनताको साथ चाहेको यो बेला साथ र सहयोग भयो भने देशमा रहेका भ्रष्ट्रचारीहरुलाई निर्मुल पार्न वर्तमान सरकार लागी परेको बताउनु भएको छ ।

बन्जाडेले दस बर्षे जनयुद्धको जगमा गणतन्त्र , संघियता र समाबेशी लगायतको परिवर्तन आएको बताउदै यस अघिका सरकारका सञ्चालकहरु भ्रष्टाचारमा रमाएका तर बर्तमान सरकारले निष्पक्षको आधरमा कारवाही गरिहेको बताउनु भएको थियो । कार्यक्रममा नेकपा माआवादी केन्द्रका ऐरावती गाउँपालिकाका उपाध्यक्ष रेसम थापा , जिल्ला समन्वय कमिटिका सदस्य होमलाल पाण्डे ,नेकपा माओवादी नेता हिमाल पाण्डे , लगायतको ३५–४० जनाको उपस्थित रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page