समय : ०६:२७ am | शनिबार , श्रावण १२ गते २०८१

माओवादी पार्टी नै जनताको अभिभावक हो -नगर प्रमुख योगी

सन्तोष सुनार | भाद्र १७ गते २०८०


प्युठान । नेकपा माओवादी केन्द्र पार्टी अब जनताको अभिभावक भएको प्युठान नगरपालिकाका नगर प्रमुख तथा नगर कमिटिका अध्यक्ष विष्णु बहादुर योगीले बताउनु भएको छ ।

भदौ १६ गते शनिवार नेकपा माओवादी केन्द्र पार्टीले देशभर सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान कार्यक्रमको क्रममा प्युठान नगरपालिका वडा न २ मा सरसफाई उद्घाटन कार्यक्रममा यस्तो बताउनु भएको हो । यो अभियानमा जनताको घरमा प्रत्यक्ष रुपमा भेटघाट गरी जनताका समस्याहरुको पहिचाहन हुनु , जनताको सुझाव सङ्कलन गर्नु रहेकाले जनताको आवश्यकता तथा मर्म बुझ्न केन्द्रवाट अभिभावकको रुपमा सञ्चालन गरेको बताउनु भएको थियो । यस अभियानलाई सफल पारी जनताले देखेको सपनाहरु पुरा गर्न नेकपा माओवादि केन्द्र पार्टी लागेको बताउनु भएको छ । अवको समयमा जनताको साथ र सहयोग मिले नेकपा माआवादीले विगतमै व्यवस्था परिवर्त गरेको अव अवस्था समेत परिवर्त गर्न लागेको बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान प्युठानका इन्चार्ज तथा संविधान सभा सदस्य नारायण अधिकारीले नेकपा माओवादी केन्द्र पार्टीले भ्रष्ट्रचारीलाई अन्त्य गर्न दोषीलाई निष्पक्ष तरिकाले सजाय भोगाएको तथा कारवाही गरेको बताउनु भएको छ । देशमा शुसासन कायम गर्ने भनेको नेकपा माआवादी केन्द्र पार्टी मात्र भएको अधिकारीले धारण व्यक्त गर्नु भएको थियो । त्यसैले उहाँले जनताले अव एक पटक एकता साथ सहयोग गरे देश समाजवाद तिर लाने नेकपा माओवादी केन्द्र पार्टीको उदेश्य रहेको समेत बताउनु भएको थियो ।

कार्यक्रममा २ न. वडाको तल्लो क्वाडीको प्रतिक्षालय देखि बुढीखोला सम्म पुर्ण रुपमा फोहोरलाई व्यवस्थापन तथा सरसफाई गरिएको हो । साथै कार्यक्रममा देशमा तिव्र रुपमा फैलि रहेको डेंगु रोग बाट बच्न जनचेतना गराएको नगर कमिटिका उपादक्ष्य हरी विएमले बताउनु भयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page