समय : ०६:२५ am | शनिबार , श्रावण १२ गते २०८१

“घर–घरमा माओवादी, जन–जनमा माओवादी” अभियान माण्डवीमा

स्वर्गद्वारी अपडेट | भाद्र १७ गते २०८०

१७ भदौ २०८० ,यादव पौडेल।

नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियान शनिबार देखी सुरु गरेको छ ।

माण्डवी गाउँपालिका संगठन कमिटीले ५ वटै वडाहरुमा "जनतासँग माओवादी केन्द्रको विषेश रुपान्तरण अभियान "को पहिलो दिन वडा नम्बर ४ को वडा कार्यालय परिसरमा सरसफाई गर्दै संयोजक नमराज अधिकारी (रोशन)ले कार्यक्रम उद्धाटन गरेका थिए ।अभियानलाई सफल बनाउन नेताहरू तोकिएका आ–आफ्ना क्षेत्रमा पुगिसकेको छन्।वडा–वडाले तोकेको कमान्डरको नेतृत्वमा अभियान सञ्चालन हुने भईरहेको छ ।

अभियानमा समाजवादी मोर्चाको अवधारण पत्र, पार्टीको दस्ताबेज, केन्द्रीय समितिले तय गरेका नारा तथा कार्यक्रम लिएर सबै जना जनताको घरघर पुग्ने लक्ष्य राखिएको छ । ‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नारासहित ७५३ पालिकाको ६ हजार ७४३ वडामा ८८ समूह बनाएर एकसाथ अभियान सुरु गरेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page