समय : १०:२० am | शनिबार , श्रावण १२ गते २०८१

ऐरावतीका ६ वडाहरुमा भएको माओवादी रुपान्तरण अभियानको उद्घाटन

सन्तोष सुनार | भाद्र १७ गते २०८०

ऐरावती गाउँपालिकाका ६ वटै वडाहरुमा शनिवार सामाजिक काम गरेर उद्घाटन गरिएको छ।ऐरावतीको प्रत्येक वडाहरुले आ–आफ्नो मौलिकतामा कार्यक्रमको उद्घाटन गरेको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जनतासङ्ग माओवादी विषेश रुपान्तरण अभियानको ऐरावती गाउँपालिकाका ईन्चार्ज रुद्र बन्जाडेले जानकारी दिनुभयो।

ऐरावती गाउपालिका १ दाङबाङ
ऐरावती गाउपालिका १ दाङबाङमा सरफाई कार्यक्रममा गरी जनतासंग माओवादी विशेष रुपान्तरण अभियानको उद्घाटन गरीएको छ । कार्यक्रममा सरसफाई नगर्दा लाग्ने विभिन्न सरुवा रोगहरु बारे जानकारी दिदै सरफाई गरी बच्न र बचाउन जनचेतना गराएको माआवादी नेता पदम थापाले जानकारी दिनुभयो ।
ऐरावती गाउपालिका २ बरौला
ऐरावती गाउपालिका २ बरौलामा वडा कार्यलयको भवन अगाडी सरफाई गरी जनतासङ्ग माओवादी विषेश रुपान्तरण अभियानको उद्घाटन गएिको छ । सरफाई गर्दा डेंगुबाट बच्न सकिने छ । कार्यम्रममा प्रमुख अथिति रुद्र बन्जाडेले हिजोको दिनमा माओवादीले ल्याएको उदेश्य र विभिन्न कारण बहस रोकिन पुग्यो यो तिन महिना अभियानले जनताको समस्याहरु बुझि फेरी नेपाली जनताले एक पटक नेकपा माओवादी केन्द्रलाइ साथ दिएर अवस्था परिवर्तन गर्न लागेको बताउनु भएको थियो ।

ऐरावती गाउपालिका ३ जाबुने
ऐरावती गाउपालिका ३ जाबुनेमा पनि बाटो र्मत तथा सरफाई गरी जनतासङ्ग माओवादी विषेश रुपान्तरण अभियानको उद्घाटन गएिको छ । कार्यक्रममा साघुरा बाटोलाई फाराकिलो बनाई जनतालाई हिड्न सहज बनाएको माओवादी नेता भिमेस कुमार घर्तिले बताउनुभयो । जाबुनेमा नेकपा माआवादी केन्द्र पार्टी तिर अन्यदलहरुबाट आउने देखिएको घर्तिले समेत बताउनु भयो ।

ऐरावती गाउपालिका ४ धुवाङ
ऐरावती गाउपालिका ४ धुवाङमा पदमोदय माध्यमिक विद्यालय वरिपरी सरफाई र बिगत एक बर्ष सम्म जीर्ण अवस्थामा रहेको शौचालयको सरसफाइ गरि जनतासङ्ग माओवादी विषेश रुपान्तरण अभियानको उद्घाटन गरीएको नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सदस्य हरि बस्नेत बताउनु भएको छ । साथै ऐरावती ५ बालिबिसौनाका अम्मर बहादुर सापकोटा, आँसु सापकोटा र आशिष् सापकोटा नेकपा माओवादी केन्द्रमा प्रबेस गर्नु भएको छ ।
ऐरावती गाउपालिका ५ पकला ( रस्पुरकोट)
ऐरावाती गाउँपालिका ५ पकला(रस्पुरकोट) सिन्दुरेडाडा हुँदै सराङबेसी सम्मको मोटर बाटोलाई सरसफाई तथा मर्मत गरी जनतासङ्ग माओवादी विषेश रुपान्तरण अभियानको उद्घाटन गएिको छ । कार्यक्रममा वडा कमिटीका सम्पुर्ण पार्टीका कार्यकर्ताको सहभागी रहेको थियो । जनताको माआवादी प्रति चासो र बहुल्यता देखिएको माोवादी नेता पुर्ण सापकोटाले जानकारी दिनुभयो ।
ऐरावती गाउपालिका ६ विजुलीकोट
ऐरावती गाउपालिका ६ विजुलीकोटमा रहेको कोटखेरा टाले पधेँरो बनाउने तथा पानीको मुहान वरिपरी सरसफाई गरी जनतासङ्ग माओवादी विषेश रुपान्तरण अभियानको उद्घाटन गएिको छ । उक्त कार्यक्रममा जन समुदायहरुका सक्रियता देखिएको र जनताले विकास र सच्चा पार्टी माओवादी भएको माओवादी नेता होमलाल पाण्डेले जानकारी दिनु भएको छ । कार्यक्रममा ६५ जनाको उपस्थित रहेको पाण्डेले बताउनु भयो ।

६ वडै वडामा भएका कार्यक्रमका तस्वीररु

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page