समय : ०८:५५ am | शनिबार , श्रावण १२ गते २०८१

जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानको तयारी बैठक ७ नम्बर वडा सम्पन्न

सन्तोष सुनार | भाद्र १४ गते २०८०

प्युठान । प्युठान नगरपालिका (७ नम्बर वडा कमिटीको बैठक पार्टीले लिएको जनतासंग माओवादी, बिशेष रुपान्तरण अभियान विहिवार सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्र प्युठान नगरकमिटीको बैठक मार्फत पदाधिकारीहरुले इन्चार्ज तथा संयोजकको जिम्मेवारी पाउनु भएका प्युठान नगर कमिटिका सचिव सुमन राज श्रेष्ठले आज बैठग सोचे भन्दा राम्रो तरिकाले सम्पन्न गरेको बताउनु भएको छ । प्युठान नगरभित्रको पार्टीको कमजोर तथा जोखिम वडाका रुपमा लिदै आएको यो वडाले नयाँ संकल्प र प्रतिबद्धताका साथ अगाडी बढेको श्रेष्ठले बताउनु भएको छ । । पार्टी र कार्यक्रर्ता प्रति पुर्ण बिश्वास छ , कि यो ३ महिले विशेष अभियानले ७ न.वडामा नया अध्याय र श्रृङखला पुरा गरि जनताको पार्टी माओवादी नै हो भन्ने आधार तयार हुने उहाँको भनाई रहेको छ ।

पार्टी पुनः निर्माण सहित जनतामा जाने रुपान्तरित अभियानमा सबैको सकारात्मक सल्लाह, सुझाव र सहयोग संगै अभियानमा सामेल हुन नेपका माओवादि केन्द्र वडा न.७ को कमिटीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page