समय : ०५:२१ am | शनिबार , श्रावण ११ गते २०८१

सरुमारानीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सन्तोष सुनार | भाद्र १२ गते २०८०

भदौ १२ प्युठान। सरुमारानी गाउँपालिकाले प्रवाह गरेका सार्वजनिक सेवाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई आज बडडाडामा सम्पन्न भएको छ ।

सरुमारानी गाउँपालिकाले आ.व.वर्ष २०७९/०८० को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।गाउँपालिकाले आयोजना तथा स्काईल्याण्ड मल्टिमिडिया प्रा.लीको संयोजनमा सरुमारानी गाउँपालिकाको  बहुउदेश्यीय  सभाहलमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा १३० जना भन्दा बढि सेवा ग्राहि नागरिक, राजनीतिक दल, विषयगत कार्यालयहरुको प्रमुख एवं प्रतिनिधिको उपस्थिती भएको थियो ।

कार्यक्रममा आर्थिक वर्ष २०७९/०८० को तेस्रो चौमासिकमा सम्पादन गरेका सार्वजनिक सेवाको प्रभावकारिताको सम्बन्धमा ५जना नागरिकहरुले आफनो गुनासो, प्रतिक्रिया र सुझावहरु सहित हाकाहाकी बहस गरिएको थियो ।
नागरिकहरु बाट प्राप्त भएका गुनासाहरुको सम्बोधन विषयगत कार्यालयहरुको तर्फबाट जवाफदेहि बक्ताको रुपमा सरुमारानी गाउँपालिकाको अध्यक्ष झग बहादुर बिश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत देबी राम पाठक,र शाखागत प्रमुखहरु लगायतकाले गरेका थिए।


सार्वजनिक सुनुवाई कार्यक्रम पश्चात उठेका गुनासा प्रतिक्रिया र सुझावहरुलाई सम्बोधन गर्दै सरुमारानी गाउँपालिकाको योजना तथा कार्यक्रमहरुलाई चुस्त दुरुस्त रुपमा संचालन गर्नको लागि अनुगमन योजना निर्माण गरी कार्यान्वयन गर्ने, बजार व्यस्थापन,उत्पादन तथा बजारीकरण गर्ने, सी सी क्यामेरा मर्मत तथा नँया खरिद प्रक्रिया,  सार्वजनिक शान्ति सुव्यवस्था कायम गर्ने प्रतिवद्धता गरिएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page