समय : ०९:३२ am | शनिबार , श्रावण १२ गते २०८१

नेकपा माओवादी केन्द्रको स्वर्गद्वारीमा कमिटिको चौथोँ पूर्ण बैठक सम्पन्न

सन्तोष सुनार | भाद्र ११ गते २०८०

भदौ ११ गते

प्युठान । नेकपा माओवादी केन्द्रको स्वर्गद्वारी नगरपालिकामा कमिटिको चौथोँ पूर्ण बैठक सम्पन्न भएको छ ।

सोमवार जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत नेकपा माओवादी केन्द्रले स्वर्गद्वारी नगर कमिटीको चौथो पुर्ण बैठक सम्पन्न गरेको हो। कार्यक्रमको प्रमुख अथिति रहनु भएका अभियानका संयोजक निर्मल आचार्यले एकता हुनु भनेको विस्तार हो , यो समयमा सबै एक भएर लागेर पार्टीलाई नयाँ तरिकाले व्यवस्थित र सुढृड तरिकाले बलियो बनाउने बताउनु भएको छ । २०६४–६५ सालमा जनताको आशा र विश्वास माओवादीसँग थियो फेरि त्यही शक्तिमा उठाउन प्रयत्न गरिएको समेत संयोजक आचार्यले बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रममा प्युठान जिल्लाका पार्टी संयोजक नमराज अधिकारी( रोसन ले सरकारले भ्रष्ट्रचारको जालो तोड्न ल्याएको जुन अभियान छ त्यसैको जगमा टेकेर जनताको घरदैलो जानुपर्ने बताउनु भएको छ । अवको समयमा भ्रष्ट्रचार र जनतामा अन्याय गर्नेलाई कानुनको दायरामा ल्याई सजाय दिलाउन बर्तमान सरकारले खोजेको र भ्रष्टचारी तर्सीएको बताउनु भएको छ । जनतालाई सरकारले गरेको काम र भ्रष्टचारीलाई कानुनको दायरामा ल्याउन जनताको भरिपुर्ण साथ रहदा सरकार मजबुद हुने भएकाले अभियान सञ्चालन गरेको उहाँले बताउनु भएको छ ।

नगर कमिटी संयोजक टेक बहादुर भट्टराईको अध्यक्षतामा भएको बैठक तथा कार्यक्रममा अभियान प्युठान इन्चार्ज एवम् केन्द्रिय सदस्य निर्मल आचार्य ,केन्द्रीय सदस्य लोकराज जैसी ,पार्टी जिल्ला संयोज नमराज अधिकारी( रोसन ,प्रदेश कमिटी सदस्यहरु मेघराज जि.सि .सुनिल सापकोटा लगायतले अभियानको कार्ययोजना ,निति कार्यक्रम र समसामयिक विषयमा निर्देशन सहित प्रशिक्षण दिनु भएको हो । साथै सम्पूर्ण नगर कमिटी सदस्यहरुको आ–आफ्नो कार्यक्षेत्र समेत विभाजन गरिएको छ ।कमिटी उपादक्ष्य बिष्णु खनालले कार्यक्रमको सहजीकरण गर्नु भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page