समय : ०६:२० am | शनिबार , श्रावण १२ गते २०८१

रिमा के.सीको ‘अमृता प्रितमका छानिएका कबिता’लाई यशस्वी अवार्ड

स्वर्गद्वारी अपडेट | भाद्र ११ गते २०८०

काठमाडौं।लेखक रिमा के.सी द्वारा लिखित अनुबाद संग्रह "अमृता प्रितमका छानिएका कबिता" यशस्वी बुक अवार्डको लागि छनोट भएको छ।

प्रज्ञा प्रतिष्ठानले २०७९सालभित्र प्रकाशित भएका विभिन्न पुस्तकहरुलाई यशस्वी बुक अवार्ड प्रदानको लागि भाषाको वकपत्र सहित १० पुस्तकहरु छनोट गरेको छ।छनोट भएका पुस्तकहरुमा रिमा केसीको अमृता प्रितमका छानिएका कविताहरु, विवेक ओझाको ऐठन, डा. नवराज केसीको सून्यको मुल्य, रेणुका जिसीको सेनस, डा. महेन्द्र कुमार मल्लको भाषाको वकपत्र, गोविन्द गिरी प्रेरणाको सुश्री पारिजात, अनुराधाको छमछमको छमछमी, नारायण घिमिरेको रैथाने चाडबाड र खानपान, लाक्पा डेन्डी शेर्पाको हिमालयन मेभिरिक र सुशान्त थापाको मिनेट्स अफ मेरिट पुस्तक छनोट भएका छन्।

२०७५ सालमा उनले लेखेको पहिलो कबिता संग्रह "यात्रामा अक्षर" र २०७९ मा प्रकाशित अनुबाद संग्रह "अमृता प्रितमका छानिएका कविताहरु" छन।उनले लेखेका कविता तथा आलेखहरु बिभिन्न पत्र पत्रिका तथा अनलाईन बाट पनि  प्रकाशन भईरहेको छ।उनि लामो समय देखि कला तथा साहित्य क्षेत्रमा क्रियासिल  भएकी छिन।उनि प्युठानमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउदैं आईरहेकी छिन।

छनोट भएका १० पुस्तकलाई आउँदो भदौ १५ गते शुक्रबार काठमाडौं कलिङ साहित्य महोत्सवमा अवार्ड प्रदान गरिनेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page