समय : १२:३४ pm | शनिबार , श्रावण १२ गते २०८१

झिमरुकमा ठेक्काबाट सामान खरिद गरिने

स्वर्गद्वारी अपडेट | भाद्र ११ गते २०८०

प्यार अलि खान,भदौ ११ प्युठान । झिमरुक गाउँपालिका प्यूठानले ठेक्काबाट सामान खरिद गर्ने भएको छ।

२ लाख भन्दा माथिको खरिद अनलाईन बिडिङ (ठेक्का) मार्फत खरिद गर्ने निर्णय भएको गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले जानकारी दिए।"हाते कोटेसनको अन्त्य गरेका छौं।"पोख्रेलले भने-"२ लाख भन्दा माथिको खरिदमा ठेक्का गरिने छ।” ,यसअघि १० लाख रुपैयाँ रकम सम्मको सामान हातेकोटेशन मार्फत कर्मचारीहरुले खरिद गर्दै आएका थिए। अब देखि २ लाख रकम भित्रको सामान खरिद गर्दा समेत खरिद समितिले खरिद गर्ने र जनप्रतिनिधिको रूजु गर्ने समितिले रुजू गरेर मात्रै स्टोरमा दाखिला गरिने भएको छ।" गत आर्थिक वर्षको खरिद बिल फाईल छानविन गर्न सुशासन समितिका संयोजक धन बहादुर पुनको नेतृत्वमा छानविन समिति गठन गरेको गाउँपालिकाले जनाएको छ।

समितिले असोज २० भित्र खरिद बिल छानविन प्रतिवेदन गाउँपालिकाको कार्यपालिका बैठकमा बुझाउने कार्यतालिका छ। छानविन प्रतिवेदन पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने गाउँपालिकाले जानकारी गराएको छ। गाउँपालिकाले खरिद गर्ने सामानमा घोटाला भएको तथा आर्थिक अनियमितता भएको भन्दै उपाध्यक्ष पोख्रेलले सामाजिक संजाल मार्फत आरोप लगाएका थिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page