समय : ०६:२६ am | शनिबार , श्रावण १२ गते २०८१

मेलमिलाप गर्नु नै एकताको विस्तार हो संयोजक अधिकारी

स्वर्गद्वारी अपडेट | भाद्र ९ गते २०८०

भदौ ९ गते शनिवार

प्युठान । कुनै पनि विषय वस्तुमा मेलमिलाप गरी अगाडि बढ्नु नै एकताको विस्तार भएको नेकपा माओवादी केन्द्र प्युठानका संयोजक तथा माण्डवि गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी (रोसन)ले बताउनु भएको छ ।

शनिवार नेकपा माओवादी केन्द्र निकट जिल्लाका कृयाशिल जन वर्गीय समिति मोर्चाका पदाधिकारीहरुका बैठक तथा छलफल कार्यक्रममा यस्तो बताउनु भएको हो । संयोजक अधिकारीले पार्टीमा विगतदेखि देखिएका समस्याहरुलाई ठुलो नबनाई समधान गरी बर्तमानको समस्याहरु समधान गरी सुढृड तथा व्यवस्थित तरिकाले पार्टीलाई विस्तार गर्ने बताउनु भएको छ । २०६४–६५ सालमा जनतामा बसेको नेकपा माओवादि केन्द्रको छापँ विचमा विविध कारण मेटिन खोजेकाले पुन बसाल्नको लागी केन्द्रबाट तिन महिन सञ्चालन हुन लागेको जनतासंग माओवादी बिशेष रुपान्तरण अभियानमा सम्पुर्ण विभिन्न जन वर्गीय समितिका मोर्चा , कार्यकर्तालाई दिएको जिम्मेवारी पुरा गरी सफल पार्न सहयोग गर्न आग्रह गर्नु भएको छ ।

त्यस्तै अभियानमा पार्टीले खटाएको प्युठानका इन्चार्ज निर्मल आचार्यले कार्यक्रममा पार्टीमा आवद्ध भएका सम्पुर्णलाई यो अभियानलाई सफल पारौँ र जनातामा भएका जनगुनासो सुनौ हामीले समधान गर्ने मार्गको विस्तार गर्ने बताउनु भएको छ । यदि पार्टीले दिएको कुनै पदको ग्रहण गर्नु भएको छ भने उत्साह तथा बलियो तरिकाले प्रयोग गर्नुहोस भन्नु भएको छ । पदमा कुनै लुकेर तथा लोसो भएर नबस्नुस सहि तरिकाले भरिपुर्ण प्रयोग गर्नुहोस संगठन विस्तार चलाएमान बनाउनुहोस भनेर धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा अखिल नेपाल साष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) प्युठान जिल्लाका अध्यक्ष प्रेम बहादुर विश्वक्रर्माले जिल्लामा रहेको नौँ वटा पालिकाहररुको संयोजक , ७१ वटा माविमा कमिटि गठनको मुल ईकाई तथा संगठनको कुनै खर्च नएको प्रतिवेदन जानकारी गराउनु भएको थियो ।

त्यस्तै वाईसीयलका संयोजक मोहोन परिवारले कमिटि विस्तार गरेको प्रतिवेदन मार्फत जानकारी गरानु भएको थियो । वाईसीयल संगठनमा लागेका युवाहरु पार्टीबाट खुसि नभएको बताउनु भएको छ । युवाहरुले कुनै रोजगारी नपाएको तथा कामहरु नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो । क्षमताको आधरमा रोजगारी तथा कामहरुको वावरण मिलाउदा विस्तार हुने र आर्थिक रुपमा अब्बल हुने परियारले धारणा व्यक्त गर्नु भएको थियो ।

राष्ट्रिय मगर मुक्ति मोर्चा नेपाल प्युठानका संयोजक आकाश जि .एम .ले पनि हाम्रो संगठनबाट पार्टीलाई भरिपुर्ण सहयोग गर्ने र गरिरहेको बताउनु भएको छ । संगठनमा धेरै जना आवद्ध नभए पनि विस्तार गर्ने र व्यवस्थित तरिकाले अगाडि बढाउन योजनाका साथ लागेको बताउनु भएको थियो । त्यस्तै उहाँले हामीले गरेको काम, संगठन विस्तार गर्न बसेको बैठक तथा छलफल गरेको सामाजिक सञ्जालमा देखिएको तर गाउँघरमा बसेको जनता तथा हाम्रो शुभचिन्तकले जानकारी नपाएको र हामी प्रति चासो नगरेको गुनासो व्यक्त समेत गर्नु भएको थियो । प्रचार र प्रसारमा सुचना तथा सञ्चार माध्यम रेडियो तथा अनलाईको पनि विस्तार गर्न पार्टीलाई केन्द्रित गर्नु भएको थियो । कार्यक्रममा दलित मुक्ति मोर्चाका संयोजक केशव विकले पार्टीमा दलितहरु स्वच्छ र निश्पक्ष तरिकाले लागेको बताउनु भएको छ । सातवटा पालिकामा कमिटिहरु विस्तार गरेको सुनाउनु भएको थियो । दलितहरुलाई देशमा विभेद छ दै छ तर यहाँ पाटीमा पनि विभेद गरिएको समस्याहरु आईरहेको बताउनु भएको थियो ।सम्पुर्णलाई समान तरिकाले समावेश गर्न आग्रह गर्नु भएको थियो । त्यस्तै जन स्वास्थ्यका संयोजक रेशम भुषालले पनि विस्तारीत हुदै गरेको बताउनु भएको छ । प्युठानका नौ वटा स्थानीयतहमध्ये प्युठान नगरपालिका मेरुदण्ड हिसावले सक्रिय रुपमा लागेको अन्य पालिकामा अल्लि कम भएको बताउनु भएको थियो । त्यसलाइ आफुले सुदृढ र व्यवस्थित गर्न लागेको उहाँको भनाई रहेको छ ।

शिक्षक संगठनमा भएका कार्यविध तथा प्रतिवेदन कृष्ण पोख्रेलले सुनाउनु भएको थियो । सम्पुर्णको गुनासो तथा समस्याहरु भएको यसलाई यो अवस्थामा ठुलो नवनाउ पाटीले सञ्चालन गर्ने जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान चुष्त र दुरुष्त तरिकाले सफल पारौँ यसैको निम्ति रुपान्तरण गर्न अभियान सञ्चालन गरेको पार्टीका जिल्ला इन्चार्ज नारायण अधिकारीले बताउनु भएको थियो । नेकपा माओवादी केन्द्र प्युठानका संयोजक तथा माण्डवि गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी (रोसन)को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रको जन वर्गीय समितिका संगठन दलित मुक्तिका मोर्चा, मगर मुक्तिका मोर्चा , जन स्वास्थ्यका मोर्चा , शिक्षक संगठान, अखिल किसान महासंघ वाईसीयल र अखिल राष्ट्रिय विद्यार्थी युनिय (क्रान्तिकारी )हरुको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन झपेन्द्र शर्माले गर्नु भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page