समय : १२:५२ pm | शनिबार , श्रावण १२ गते २०८१

सम्झौता बाँझीएकाले मु.अ कर दाखीला गर्न भनेको हुँ: प्रशासकीय प्रमुख पाण्डे

स्वर्गद्वारी अपडेट | भाद्र ९ गते २०८०

ढुँगा गिट्टी र बालुवा उत्खननको सुचनामा मु.अ कर बाहेक हुनु पर्नेमा मु.अ कर सहित सम्झौता भएकाले उक्त सम्झौता मु.अ कर दाखिला गर्न भनेको प्रमुख प्रसासकिय पाण्डेले बताए।

स्वर्गद्वारी अपडेट अनलाईनले भदौ ४ गते 'माण्डवीका प्रमुख प्रसासकिय अधिकृतले सम्झौता बिपरित रकम मागेको आरोप"शीर्षकमा समाचार प्रकाशन गरेको थियो।सोही समाचारलाई खण्डन गर्दै आफु माथि झुटो आरोप लागेको भन्दै सोही दिनमै गाउँपालिकाले बिज्ञप्ती प्रकाशन गरेको हो।

समाचारमा उल्लेख भएको सबै श्रोतको प्रमाण सहित उपस्थित हुन् भन्दै स्वर्गद्वारी अपडेटलाई माण्डवी गाउँपालिकाले भदौ ६ गते पत्राचार समेत गर्यो।पत्रकार आंचार संहिता ऐन बिपरित पत्राचार गरेकोले भन्दै नेपाल पत्रकार महासंघ प्युठान शाखाले उक्त बिज्ञप्ती र पत्रलाई फिर्ता ल्याउन अनुरोध गर्दै बिज्ञप्ती प्रकाशन गर्यो।भदौ ७ गते सर्वपक्षीय बैठक बसी   माण्डवी गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत प्रकाश पाण्डेले  आफु बाट गल्ति भएको स्वीकार गरेका छन्।आर्थिक वर्ष ०७९/८० को कार्तिक १७ गते (चौथोपटक)प्रकासन भएको ढुँगा गिट्टी र बालुवा उत्खननको सुचनामा मु.अ कर सहित ३० लाख १ हजार ३ सय ८७ रुपैया ८५ पैसामा न्यूनतम मुल्य राखेर ठेक्का आब्हान गरेको थियो।मानबिय त्रुटी भएको हुँदा मु.अ कर बाहेक उक्त रकम उल्लेख नहुँदा आफुले निर्माण व्यवसायीलाई फोन गरेर मु.अ कर बुझाउन आग्रह गरेको प्रमुख पाण्डेले बताए।उनले भने –' सम्झौतामा उल्लेखित बिषयहरु प्रचलित ऐन कानुन सँग बाँझीन गएकोमा प्रचलित ऐन कानुनमा उल्लेख भएको प्रावधान नै लागु हुने हुँदा गाउँपालिकाको आन्तरिक श्रोत वृद्धि होस् भन्ने मनसायका साथ मु.अ कर दाखिला गर्न भएको हुँ।

यता निर्माण व्यवसायीले भने सम्झौता उल्लेख गरे अनुसार रकम पालिकालाई बुझाईसेको हुँदा पु:न मु.अ कर दाखिला गर्न भनेपछि स्वर्गद्वारी अपडेटले श्रोत सहित समाचार प्रकाशन गरेको थियो।

थप कुरा संसोधन गरिएको बिज्ञप्ती यस प्रकार रहेको छ।   

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page