समय : ०५:५७ am | शनिबार , श्रावण १२ गते २०८१

प्युठानमा डेंगु संक्रमित संख्या नौँ पुग्यो

सन्तोष सुनार | भाद्र ८ गते २०८०

प्युठान । प्युठानमा डेंगु रोगबाट संक्रमित विरामी संख्या नौँ पुगेको छ । जिल्लाका नौं वटा स्थानीयतहमध्ये डेंगु रोग संक्रमित बिरामीहरु प्युठान नगरपालिकामा ३ जना , झिमरुक गाउँपालिकामा २ जना , गौमुखी गाउँपालिकामा १ जना , मल्लरानी गाउँपालिकामा १ जना,माण्डवि गाउँपालिकामा १ जना र ऐरावति गाउँपालिकामा १ गरी जम्मा नौँ जना संक्रमित विरामीको संख्या पुगेको जिल्ला स्वास्थ्य कार्यलय प्युठानका सुचना अधिकारी पुष्कल श्रेष्ठले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो ।

संक्रमित विरामीहरुलाई डेंगु रोगको औषधी निश्चित नभएकाले नडराउन , आतिनु पर्ने अवस्थाहरु नगर्न र अनावश्यक औषधी नखान जिल्ला स्वास्थ्य कार्यलय प्युठानले आग्रह गरेको छ । डेंगुका लक्षणहरु ज्वरो आउने, टाउको दुख्ने, आखाको भित्री भाग दुख्ने ,बान्ता आउने, रिंगटा लाग्ने ,जिउ दुख्ने ,गलेको महसुस हुने र ४–७ दिनमा शरीरमा दादुरा जस्तै देखिने विवीरा आउने देखिने गर्दछन । यसबाट बच्न नगरपालिका र गाउँपालिका तथा प्रत्यक वडाहरुबाट टोलटोल सचेतना अभियानका कार्यक्रमहरु सञ्चालन भएका छन ।यदि यस्ता कुनै लक्षणहरु कोहीमा देखिएमा नजिकको स्वास्थ्य चौकी तथा अस्पतालमा परामर्श लिन जिल्ला स्वस्वाथ्य कार्यलय प्युठानले जनाएको छ ।

हामीले लामखुट्टेले जमेको पानीमा फुल पार्ने हुनाले सकेसम्म लामो समयसम्म एउटै ठाउमा पानी जम्मा हुन नदिने र यदि कुनै पानी जम्न सक्ने भाडाकुडाहरु छ भने , त्यसलाई राम्ररी छोपेर राख्ने या नस्ट गर्नु पर्छ ,लामो बाहुला भएका कपडाहरु, मोजा , टोपी र सकेसम्म छाला पुरै छोप्ने खालका कपडाहरु लगाउनु पर्छ ,पुझ्याल ढोकाहरु सकेसम्म बन्द राख्ने वा लामखुट्टे छिर्न नसक्ने गरी जाली रपर्दा या झूलको प्रयोग गरेमा बच्न सकिनेछ । तिन वटा स्थानीयतह नौबहिनी गाउँपालिका , स्वर्गद्वारी नगरपालिका र सरुमानी गाउँपालिकामा भने अझै कुनै डेंगो संक्रमित विरामी भेटिएको छैन तथा भेटिएको भनी कुनै जानकारी नआएको जिल्ला स्वास्थ्य कार्यलय प्युठानले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page