समय : ०५:२३ am | शनिबार , श्रावण ११ गते २०८१

जनता सँग सम्बन्धित रहेर विकास गर्नु नै दिगो विकास हो मन्त्री शर्मा

सन्तोष सुनार | भाद्र ३ गते २०८०


भदौ ३ गते प्युठान । जनतासँग सम्बन्धित रहेर विकास गर्नु नै दिगो विकास हुने सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले बताउनु भएको छ ।

आईतवार प्युठान नगरपालिकाको आयोजनामा जुम्रिमा रहेको आयुष्मा होटेलमा भालुबाङ प्युठान सहायक राजमार्गको चेरनेटा बाग्दुला सारिबाङ सडकखण्डको विस्तार गर्ने सम्बन्धमा सल्लाह सुझाव तथा परामर्श कार्यक्रममा यस्तो बताउनु भएको हो । सडकखण्डलाई विस्तार गर्दा सडकको दायाँ १५ मिटर र बायाँतर्फ पनि १५ मिटर विस्तार गर्ने सवाल जवाफमा जनताको चासो कस्तो खालको छ उनीहरुसँग स्थानीय सरकार,यहाँका राजनितिक दलहरुका प्रमुखहरु , समाज सेविहरुसँग छलफल गरेर यहि बाटो उपयुक्त हुन्छ कि तथा अन्य वैकल्पिक सडक बनाउने हो छलफल गर्न आग्रह समेत गर्नु भएको छ । यस सडक खण्डबाट प्युठान जिल्लाको छिमिकि जिल्ला रोल्पा , गुल्मी र अर्घाखाचिलाई पनि बाटो स्तोरउन्नति हुदा सहज हुने छ । जनताको शिक्षा , स्वास्थ्य , यातायात र स्वास्थ्यमा रहेर सेवा तथा सुरक्षा दिने भनेको जनताले चुनावमा भोट हालेर पठाएको जनप्रतिनिधिहरु जसमा स्थानिय सरकार , प्रदेश सरकार र केन्द्रिय सरकारमा जितेर गएका जुनसुकै राजनितिकदलहरुले गर्नुपर्ने मन्त्री शर्माको भनाई रहेको छ । बर्तमान सरकार शुसासन कायम गर्न र सेवा प्रवाहलाई चुस्त बनाउने कुरामा सरकारले प्राथमिक्ताका साथ काम गरिरहेको मन्त्री शर्माले धारणा व्यक्त गर्नु भएको थियो ।

नगर प्रमुख विष्णु बहादुर योगीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शमा ,लुम्बिनी प्रदेशका पुर्व अर्थमन्त्रि कृष्णधोज खड्का, लुम्बिनी प्रदेशका सांसद तुल्सी शर्मा , समानुपातिक सांसद निमा गीरी , धनालक्ष्मि श्रेष्ठ ,प्रमुख जिल्ला अधिकारी मदन कोईराला , जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सी , माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोशन ) , नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सञ्जय रिजाल , सचिव प्रकास वैद्य ,नेकपा एमालेका जिल्ला अध्यक्ष विजय विराज विष्ट तथा अन्य राजनितिक दलहरु जनप्रतिनीधिहरु , सुरक्षाकर्मीहरु र नगरवासीहरु लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन नगर उप्रमुख देवेन्द्र वर्माले गर्नु भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page