समय : ०९:०५ am | शनिबार , श्रावण १२ गते २०८१

माओवादी पार्टिको जिल्ला संयोजकमा रोशन चयन

सन्तोष सुनार | भाद्र २ गते २०८०

भदौ २ गते शनिवार प्युठान । प्युठान जिल्लाको माण्डवी गाउँपालिका १ तिरामको राईफल टोलमा जन्मनु भएका तथा हाल माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी (रोशन) नेकपा माओवादि पार्टी (माओवादी केन्द्र) प्युठानको संयोजक हुनु भएको छ ।

शनिवार बसेको लुम्बिनी प्रदेश समितिको पदाधिकारी बैठकले अधिकारीलाई प्युठान जिल्लाको संयोजकको जिम्मेवारी दिएको हो । अधिकारी भन्नुहुन्छ “आफु १४ बर्षबाट सुरु गरेको बिद्यार्थी आन्दोलन जिवन हुदै , मोटो मसालबाट नेकपा माओवादि केन्द्र प्युठानको जिल्लाको कमिटी सदस्य , लुम्वीनी प्रदेश कमिटि सदस्य , खेलकुद विकासको अध्यक्ष भएर आफ्नो जिम्वेवारी निभाउदै गर्दा नेकपा माओवादि केन्द्र पार्टि प्युठानको जिल्ला संयोजक भएको स्वर्गद्वारी अपडेटलाई बताउनु भयो । ”

अबको समयमा प्युठान जिल्लामा पार्टिलाई सुदृढ र व्यवस्थित तरिकाले अगाडि लैजाने उहाँको भनाई रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page