समय : ०८:१८ am | शनिबार , श्रावण १२ गते २०८१

वार्ड कमिटीको भेला तथा कमिटी निर्माण घोषणा कार्यक्रम सम्पन्न

सन्तोष सुनार | भाद्र २ गते २०८०

भदौ २ गते शनिवार प्युठान ।नेकपा माओवादी केन्द्र प्युठानको मरनठानमा वार्ड कमिटीको भेला तथा कमिटी निर्माण घोषणा कार्यक्रम सम्पन्न भएको छ ।

शनिवार प्युठान नगरपालिका ९ मरनठानमा नेकपा माओवादी केन्द्र प्युठानको कमिटीको भेला तथा वार्ड स्तरीय जनवर्गीय संगठन, पेसागत संगठन र टोल तथा इलाका कमिटी निर्माण घोषणा कार्यक्रम सम्पन्न भएको हो । मन बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य समेत रहनुभएकि संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्मा, पार्टी पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पुर्व अर्थ मन्त्री कृष्णध्वज खड्का , पार्टीका प्रदेश कमिटी सचिवालय सदस्य प्रभात केसि, झपेन्द्र घिमिरे, नगरकमिटी अध्यक्ष एवम् नगरप्रमुख बिष्णु बहादुर योगि, केन्द्रिय सल्लाहकार समिति सदस्य बोम बहादुर भण्डारी , प्युठान नगरपालिका प्रवक्ता तथा ३ का वडा अध्यक्ष सुमन राज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखाशर्माले प्युठान नगरपालिका भित्र पार्टी आधार इलाकामा रुपान्तरण हुदै गरेकामा खुशि व्यक्त गर्दै वर्तमान सरकारले भ्रस्टाचारको जरै देखि निर्मुल पार्ने तथा फाल्ने र देशलाइ भ्रष्टाचारी मुक्त बनाउने बताउनु भएको छ । वर्तमान सरकार सत्य र निष्पक्षको आधरमा कार्य गरी समाजवाद तिर लागेको समेत बताउनु भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page