समय : ०८:५१ am | शनिबार , श्रावण १२ गते २०८१

सरकारले मिटरव्याजिको जालो तोडेको छ,मन्त्री शर्मा

स्वर्गद्वारी अपडेट | भाद्र २ गते २०८०

हरि प्रसाद भण्डारी
भदौ २ गते शनिवार।नेपाल सरकारकी प्रवक्ता, सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले वर्षौं देखि जनतालाई पिडित वनाएको मिटरव्याजिको जालो तोडिएको बताउनु भएको छ।युद्धकालमा समेत तोड्न बाँकी रहेको जालो वर्तमान सरकाले कानुन वनाएर तोडेको बताउनु भयो।

शुक्रवार प्यूठान जिल्लामा नेता कार्यकर्तासंग छलफल गर्दै शर्माले सुशासनको पक्षमा दृढ, भ्रष्टाचारको विरुद्धमा निर्मम र सेवाप्रवाहलाई सहज बनाएर सरकारले जनतावाट व्यापक जनसमर्थन प्राप्त गरिरहेको वताउनु भएको छ । । सरकारको कामले निष्ठाको राजनीतिको मूल्य स्थापित हुने क्रममा रहेको उहाँले वताउनु भयो। भ्रष्टाचार र अनियमितताको अन्त्य नभएसम्म निष्ठाको राजनीति गर्नेहरु निरीह र कमजोर वन्नुपर्ने, यस्ले केही गर्न सकेन भन्ने वुझाई स्थापित हुने र तड्कभडक, गाडिघोडा र भड्किलो देखाउने शक्तिसाली देखिने स्थिती वनेको थियो।ू मन्त्री शर्माले भनिन्(ूअहिले सरकारले अनियमितता र भ्रष्टाचारका फाईल खोल्ने बित्तिकै ईमानदारिता र निष्ठाको राजनीति गर्नेहरुप्रति सम्मान र सत्कारको मान्यता स्थापित हुन थालेको छ। भ्रष्टाचार गरेपछी एक न एक दिन त्यसको कारवाहि भोग्नुपर्छ र राजनीतिक जिवनको समाप्त हुन्छ भन्ने स्पस्ट भएको छ।

प्यूठानका नेता(कार्यकर्ताले सरकारलाई भ्रष्टाचार विरुद्घको अभियानमा आफ्ना अरुका नभनेर निर्मम वन्न सुझाव दिएका छन्। सरकारका कामलाई गाउँ गाउँमा प्रशंसा गरिएको भन्दै निर्कर्षमा पुर्याउने सवालमा गरिएको आसंकालाई मेटाउन समेत सुझाव दिएका छन्।

कार्यकर्ताका जिज्ञासाको जवाफ दिदै मन्त्री शर्माले ुप्रधानमन्त्रिले आफ्नो परिवार र आफुनै विकृती र विसंगतिको मामलामा मुछिएको भए छानविन हुनेु स्पस्ट पारिसक्नुभएको र सञ्चारमाध्यममा नाम आएका पार्टीकै नेताहरुले पनि अनुसन्धानलाई सहयोग गर्ने र दोसि भए सजाय भोग्न तयार रहेको स्पस्ट पारिसकेकाले कानुन वमोजिम प्रकृया अगाडि बढ्ने बताउनु भएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page