समय : ०२:१४ pm | शनिबार , श्रावण १२ गते २०८१

सरकारले व्यवस्थानुसार अवस्था परिवर्तन गर्न लागेको मन्त्री शर्मा

स्वर्गद्वारी अपडेट | श्रावण ३२ गते २०८०


श्रावण ३२ गते प्युठान । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पुष्प कमल दाहाल प्रचण्ड नेतृत्वको सरकार व्यवस्थानुसार अवस्था परिवर्तन गर्न लागेको बताउनु भएको छ ।

विहिवार नेपाल पत्रकार महासंघ प्युठान शाखाले जुम्रीमा रहेको आयुष्मा होटेलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताउनु भएको हो । नेपालमा हरेक कार्यको निति तथा नियमको व्यवस्था भएपनि अवस्था परिवर्तन नभएकाले बर्तमान सरकारले अवस्था परिवर्त गर्न लागेको बताउनु भएको छ । समाजमा रहेको विकृति विसङ्गतिलाई हटाई समाजवादको निर्माण गर्न लागेको बताउनु भएको थियो । बर्तमान सरकार सत्य र निष्पक्ष रुपमा लागेर काम गरि रहेको बताउदै मन्त्रि शर्माले सञ्चार क्षेत्रलाई सुदृढ र व्यवस्थित तरिकाले अगाडि बढाउन आफु लागी परेको बताउनु भएको छ । सञ्चार क्षेत्रलाई केन्द्रबाट विनोजित रकमको शतप्रतिशतका मध्ये करिव १० /२० प्रतिशत मात्र खर्च भएको पाईएको तर अन्य रकम कहाँ जान्छ तथा गएको छ भन्ने खोज निति गरेको मन्त्रि शमाको भनाई रहेको छ । सञ्चार माध्यम रेडियो , टेलिभिजन पत्रपत्रिका र अनलाईलाई उनिहरुको महशुलको आधारमा नितिगत रुपमा छुट्याई सवैलाई समान तरिकाले रकम दिनुपर्नेमा लागेको जोडदिनु भएको थियो ।

वर्तमान सरकार शुसासन कायम गर्न र सेवा प्रवाहलाई चुस्त बनाउने कुरामा सरकारले प्राथामिकताका साथ काम गरिरहेको मन्त्री शर्माले धारण व्यक्त गर्नु भएको थियो । प्युठान जिल्लाको भौतिक अवस्थामा प्युठान भालुबाङ्ग सडक खण्ड अन्तर्गत क्वाडि, जुम्री , विजुवार र बाग्दुलामा बसोबास गर्ने स्थानियले हामिलाई सडक सागुँरो भएकाले फराकिलो बनाउन तयार भएको माइनोटिङ बुझाएमा यातायात मन्त्रालयमा पहल गर्ने समेत बताउनु भएको छ ।

सरकाले भ्रष्टचारी विरुद्ध गरेको कार्यको जनाता माझ पुर्याएकोमा पत्रकार तथा सञ्चारकर्मीलाई धन्यावाद दिदै अझ जनता विच गरेको कामप्रति पुर्याउन आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ प्युठानको अध्यक्ष सन्जय रिजालको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्ण ध्वज खड्का ,प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगी, पत्रकारहरु लगाएतको उपस्थित रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव प्रकाश वैद्यले गर्नु भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page