समय : ०८:५३ am | शनिबार , श्रावण १२ गते २०८१

नौबहिनी गाउँपालिकाले गर्यो लोगो सार्वजनिक

सन्तोष सुनार | श्रावण ३१ गते २०८०

श्रावण ३१ गते ,प्युठान । नौबहिनी गाउँपालिकाले आफ्नो लोगो सार्वजनिक गरेको छ ।

बुधवार नौबहिनि गाउँपालिकाले प्युठानको सबैभन्दा अग्लो स्थान ३६५९ मिटर उचाईको कोठिभिर,नौबहिनि मन्दिर,यो क्षेत्रमा पाइने डाँफे लुङ्खोलो, खलेसबाङमा उत्पदन हुने आलु,लगायत नौबहिनिको पहिचान झलकाउने बिषय बस्तु समेटिएको लोगो सार्वजनिक गरेको हो ।

लोगोमा नौबहिनी गाउँपालिकाको वडा न .१ मा पर्ने स्याउलीबाङमा बढि मात्रमा आलु खेति हुने भएकाले आलु समेटेको , वडा नं. २ र ५ मा बढि मकै हुने भएकाले मकै , ३ र ४ मा अलैचि खेति हुने भएकाले अलैचि तथा चुन ढुङगा खानी, ६ नं वडामा बढि सुन्तला खेति हुने भएकाले सुन्ताला , ७ र ८ वडामा टिमुर खेति हुने भएकाले टिमुर, नौबहिनीमा भण्डारी कुल पुजा प्रख्यात भएकाले मन्दिर र नौबहिनी गाउँपालिकामा सधै शान्ति रहोस भनेर शान्तिको प्रतिकको रुपमा परेवाको सहित समेटेर लोगो सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष डिल बहादुर थापाले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page