समय : १०:०५ am | शनिबार , श्रावण १२ गते २०८१

मुगाको दम्पती व्यवासायमा रमाउदै

स्वर्गद्वारी अपडेट | श्रावण २८ गते २०८०

साउन २८ प्युठान ।बिहानै झिसमिसेमै उठे देखी राती अबेरसम्म मिल चलाउन मै व्यस्त देखिन्छिन सरुमारानी गाउँपालिका-५ जस्पुरकी मुगा पल्ली मगर।सिमसिम पानी पर्दै थियो मिल भित्र चिउरी पिसाउनेहरुको भिड देखिन्थ्यो उनको मिलमा। बिगत १२ वर्ष देखी मिल व्यवासायमा रमाउँदै आइरहेको उनी बताउछिन।

"मैले व्यवासाय सुरु गर्दा महिलाले गर्न सकिन्न भन्ने मानसिकता भएका व्यक्तिहरुले डर पैदा गरेका थिए "उमेरले ४१ पुगेकी मुगाले मुक्सुराउदै भनिन –"अहिले सबै गाउँलेहरु मेरो व्यवसायको प्रसंसा गर्दै मलाई हौसला समेत दिएका छन्।" राङ्गबाङ,छबिसे,गोलड़ाडा,सौराकोट,देखी चिउरी पेल्न र सिजनको बेला धान कुटाउन आउने गरेको उनी बताउछिन।वर्षमा करिव १४ कुईन्टल चिउरी, करिव ५ कुईन्टल धान, करिव ३ कुईन्टल तोरी कुटनी पिसाउने गरेको बताउदै व्यवसाय बाट घर खर्च धान्न कुनै समस्या उनी बताउछीन।     

उनका श्रीमानले बैदेशिक रोजगारबाट बिट मारेपछि अहिले गाउँ मै अटो चलाउदै आएका छन् ।फरक फरक व्यवसायमा रमाउदै गरेका मुगाका दम्पती खुसी र सुखी देखिन्छन।परिवारको पेट पाल्न र छोराछोरीलाई पढाउँन पुगेको मुगाले बताईंन।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page