समय : ०६:१५ am | शनिबार , श्रावण १२ गते २०८१

पृथ्वी कृषि संसारका सन्चालक थापाद्वारा गमला हस्तान्तरण

सन्तोष सुनार | श्रावण २३ गते २०८०



प्युठान । पृथ्वी कृषि संसारका सन्चालकद्वारा मल्लरानी ग्रामीण विकास संस्थालाई पन्द्र वटा गमला हस्तान्तरण गरिएको छ ।

मङ्गलबार प्युठान नगरपालिका ८ बाग्दुलामा रहेको पृथ्वी कृषि सन्सारका सन्चालक बासुदेव थापाले मल्लरानी गाउपालिका खलाङ्गामा रहेको मल्लरानी ग्रामीण विकास संस्थालाई पन्द्र वटा गमला हस्तान्तरण गर्नु भएको हो । वर्षायाम समयमा विभिन्न थरीका फुलहरु लगाई सस्थाको वरिपरि रहेको वातारण सुगन्धित र राम्रो होस र समाजमा सामाजीक कार्यको विकास होस भन्ने उदेश्यले गमला हस्तान्तरण गरिएको थापाले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनु भएको छ ।

हस्तान्तरण गरिएको गमलामा आजै विभिन्न थरिका फुलहरु रोपिएको छ । साथै संस्थाको उपादक्ष्य डोर पा्ख्रेलको नेतृत्वमा भवन वरिपरी सरसफाई कार्यक्रम समेत गरिएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page