समय : ०६:२५ am | शनिबार , श्रावण १२ गते २०८१

स्वास्थ्य सेवा सबैको लागि समान हुनुपर्छ गाउँपालिका अध्यक्ष खड्का

सन्तोष सुनार | श्रावण २३ गते २०८०

प्यठान ।स्वास्थ्य सेवा सबैको लागि समान हुनुपर्छ मल्लरानी गाउँपालिकाका अध्यक्ष तथा खैरा स्वास्थ्य चौकीका संरक्षक कृष्ण खड्काले बताउनु भएको छ ।

सोमवार मल्लरानी गाउँपालिका ५ स्थित खैरामा रहेको खैरा स्वास्थ्य चौकीको स्तानपान एवम्आर्थिक वर्ष २०७९–०८० को प्रथम सार्वजनिक कार्यक्रममा यस्तो बताउनु भएको हो । कार्यक्रमा खैरा गाउँ मल्लरानी गाउँपालिका ५ र प्युठान नगरपालिका १ दुवै पालिकाको भुगोलमा पर्दछ तर स्वास्थ्य चौकी मल्लारानीमा पर्ने र खैराका बासिन्दाहरु प्युठान नगरपालिका १ मा बस्ने सङ्ख्या बढि मात्रामा भएकाले स्वास्थ्य सेवा व्यक्तिले जुन सुकै ठाउँबाट लिए पनि उसको अधिकार भएको अध्यक्ष खड्काले बताउनु भएको हो । यस स्वास्थ्य चौकीमा खैरा गाउँका विरामी मात्र नभई विरामीहरु जो जहाँबाट आएपनि सबैलाई समान व्यवहारमा स्वास्थ्यको परिक्षण गरी उपचार गर्न स्वास्थ्य चौकीका कर्मचारीलाई आग्रह गर्नु भएको छ ।

प्युठान नगरपालिका १ का बासिन्दा पनि आफ्नै गाउठाउँमा रहेको स्वास्थ्य चौकीमा सेवा लिन पालिका फरक हो भनेर मनमा खल्लो कुरा नसोची निर्धक साथ सेवा लिन सुझाव समेत दिनु भएको थियो । अव केही समयमा मल्लरानी गाउपालिकाले एम्बुलेन्स लिन लागेको सबै काम भएको भन्सारमा रोकिएको केहि समयपछि आउने अध्यक्ष खड्काले जानकारी गराउनु भएको थियो ।

त्यस्तैमा कार्यक्रममा देशमा संघिय आएपछि खैरा गाउँ अलगअलग पालिकामा खण्डन हुदा हामीलाई घुलमिल हुन र आवश्यक सेवा लिनको लागी केहि कठिन महसुस भएको जिल्ला विकास समितिका पुर्व सभापति सोब बहादुर बस्नेतले गुनासो पोख्नु भएको थियो । हामी जनमतबाट पनि ग¥यौँ तर सम्बन्धित निकायबाट एक हुन नसकेको धारण व्यक्त गर्नु भएको थियो । अवको समयमा सबै खैराबासीहरु मिलेर अखण्ड खैरा बनाउन सबलाईै आग्रह गर्न भएको छ । स्तानपान कुरा गर्दा बच्चालाई जन्मे देखि आवश्यक पर्ने आमाको दुध खुवाउन बस्नेतको भनाई रहेको छ । कार्यक्रममा आमाको दूधलाई पोषणको लागि मात्रै नभएर जीवनकै आधारको रुपमा रहेको बच्चाई आवश्यकको समयमा दुध खुवाउनु पर्ने ग्रामिण आर्थिक विकास मंच प्युठानको अध्यक्ष तथा जिल्ला विकास समितिको सदस्य निर्मला पोख्रेलले बताउनु भएको छ ।

बच्चा भनेको पविारको खबै भन्दा खुसिको रुपमा रहेकाले आमाबुाबाले खानपिन तथा सरसफाइमा ध्यान दिएर विभिन्न रोगबाट बच्न आग्रह गर्नु भएको छ । खैरा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीले विरामीहरुको लागि दिने सेवाहरु जोड दिएर लागेको हामीले देखेको तथा महसुस गरेको प्रशंसा समेत गर्नु भएको थियो । गर्भवति महिलाहरुलाई गर्भवति भईसकेपछि ४ पटक अनिवार्य जाचँ गर्न जानकारी दिनु भएको थियो । मल्लारानी गाउँपालिकाबाट स्तानपान एवम् नागरीकलाई स्वास्थ्य सेवा सम्बन्धि दिनुपर्ने अभियान चलाउन योजना गराएको अव छिट्टै सञ्चान गर्ने प्रमुख प्रशासकिय अधिकृत महेश के.सी.ले बताउनु भएको थियो । मल्लरानी गाउपालिकाको प्रत्ये स्वास्थ्य चौकीमा याम .विवस डाक्टर हप्तामा एक पटक भएपनि पठाउने अधिकृत केसीको भनाई रहेको छ ।

बच्चालाई जन्मदा निजी अस्पतालमा भन्दा सरकारी अस्पतालमा जन्माउदा राम्रो हुने सवस्थ्य शाखा प्रमुख हेमराज पाण्डेले बताउनु भएको छ । सरकारी अस्पतालमा व्यवहारीक र अनुभवी डाक्टरबाट डेलीभरी हुने जानकारी दिनुभयो । सरकारी अस्पताल भन्दा लथालिङ्ग तथा नराम्रो सोच सुरुमा आउने भएकाले नराम्रो लागेको हो तर सुवधिा निजि भन्दा राम्रो हुने बताउनु भएको हो । घरमा बच्चालाई जन्माउदा आमाको ज्यान जाने बढि जोखि हुने पाण्डेको भनाई रहेको छ । स्वास्थ्य चौकीमा आर्थिक वर्ष पाँच हजार तिन सय चौरहत्तरले जनसेवा लिएको तथ्याङ्कमा पाइएको छ । जसमा जेष्ठ नागरीक एघार सय बैसठ्ठि , किशोरकिशोरी तेह् सय तिन , दलित छ सय एकासी र खोप तिन सय तिरासी जनाले लिएका छन । यस स्वास्थ्य चौकीमा स्तानपान पहिलो चरणमा सत्तरी प्रतिशत र दोस्रो चरणमा छपन्न प्रतिशत रहेको छ । त्यस्तै चौतिस जना सुत्केरीमा चोविस जना बाहिर डेलिभरी , छ जना बर्थिङ सेन्टरमा र चार जना घरमा भएका हुन । त्यसै गरी प्राप्ता रकम एक लाख बयालीस हजार आठ सयमा सतासी हजार एक सय पचहत्तर रुपैया खर्च र पचपन्न हजार छ सय बाउन्न बचत रहेको छ । यस्को स्थापना २०५१ सालमा भएको हो


स्वास्थ्य चौकीको व्यवस्थापक तथा वडा अध्यक्ष गोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा खैरा गाविसका पुर्व अध्यक्षहरु , स्वास्थ्यक्रमी , स्वायम सेविका, पत्रकार सन्तोष सुनार ,समाजसेवि लगायतको उपस्थित रहेको थियो भने, सेवाग्राहीको विवरण , सुरक्षित मातृत्व कार्यक्रम, बाल स्वास्थ्य कार्यक्रम खोप , पोषण कार्यक्म क्षयरोग नियन्त्रण कार्यक्रम र परिवार नियोजन र खर्च तथा बचतको प्रस्तावनाको जानकारी र कार्यक्रमको सञ्चालन स्वास्थ्य चौकीका सिहअ‍ेव अधकृत रेशम भुसालले गर्नु भएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page