समय : ०९:०१ am | शनिबार , श्रावण १२ गते २०८१

माण्डवीमा बिद्यालय हाताभित्र माओवादी पार्टीको भेला

स्वर्गद्वारी अपडेट | श्रावण २२ गते २०८०

साउन २२ प्युठान।बिद्यालयमा राजनीतिक पार्टीगत गतिविधिहरु हुनु हुदैन भन्ने जनमत पछिल्लो समय बढेपनि बिद्यालयमा नै राजनीतिक दलहरु भेला र अधिवेशन गरिरहेका छन।

माण्डवी गाउँपालिका-२ रातापानी अबस्थित सुन्नानी आधार माध्यमिक बिद्यालय हाताभित्र ने.क.पा माओबादी केन्द्रले पार्टीगत भेला गरेको प्रति बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम बहादुर पुनले बिद्यालय क्षेत्रमा राजनीतिक गतिबिधि गरेको प्रति गम्भीर आपत्ति रहेको बताएका छन।अध्यक्ष पुनले भने-"म बिरामी भएर नेपालगन्ज बाट भर्खर घर आएको छु,यस बिषयमा के रहेछ जानकारी ल्याउने अध्यक्ष पुनले बताएका छन्।

त्यस्तै अनुमतिबिना मनोमानी ढंगले बिद्यालयलाई पार्टी कार्यालय सरह बनाएको भन्दै आफुले यस्ता गतिविधिको गरेमा नियम अनुसार कारवाही गर्ने माण्डवी गाउँपालिकाका शिक्षा प्रमुख तुल्सी कार्कीले बताईन।उनले भनिन- "२०६८ सालमा बिद्यालयलाई शान्तिको क्षेत्र घोषणा गरे पनि राजनीतिक दलहरुले यस्ता क्रियाकलाप गर्दा दु:ख ब्यक्त गरिन।"
उता बिद्यालय प्रधानाध्यापक बोधिराज घिमिरेले यस बिषयमा कुनै जानकारी नरहेको आफु अहिले बिदामा रहेको बताएका छन्।    

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page