समय : ०५:५२ am | शनिबार , श्रावण १२ गते २०८१

नेपाल मगर सङ्घ प्युठानद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सन्तोष सुनार | श्रावण २२ गते २०८०

प्युठान । नेपाल मगर संघ प्युठानद्वारा भगवती पाण्डेले दियको अभिव्यक्तिप्रती प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

सोमवार नेपाल मगर संघ प्युठानका अध्यक्ष देबिराम पुनको नेतृत्वमा पाण्डेले मगर र तामाङ जातिमाथी आपत्तिजनक दिएको अभिव्यक्तिप्रती असन्तुष्टि जनाउदै प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालय पठाउन ज्ञापन पत्र बुझाएको सचिवलाय सदस्य नर वहादुर घर्तिमगरले स्वर्गद्वारी अपडेटलाई जानकारी दिनुभयो ।

ज्ञापनपत्र बुझाउदा सल्लाहकार हरि बि.एम लगाएतका जुझारु मगर संघका सदस्यहरुको टोलि रहेको थियो ।
एक टेलिभिजन अन्तर्वाताका क्रममा अधिवक्ता पाण्डेले तामाङ,मगरलगायत समुदायमा दाजुबिहीनबीच विवाह हुनेर जसका कारण समाजमा अपराध फैलिएको अभिव्यक्ति दिनु भएको थियो ।।उहाँको अभिव्यक्तिलाई लिएर तामाङ र मगर समुदाय आन्दोलित बनेको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page