समय : ०२:३० pm | शनिबार , श्रावण १२ गते २०८१

माण्डवी २ का पहिरो पिडितलाई सम्झौताको लागी अनुरोध

सन्तोष सुनार | श्रावण २२ गते २०८०


राजेन्द्र रावत क्षेत्री

प्यूठान् ÷श्रावण २२ । माण्डवी गाउँपालिका वडा नं।२ का पहिरो पिडितहरुका लागी १ हप्ताभित्र अनुदान सम्झौता गर्न वडा कार्यालयले अनुरोध गरेको छ । गत वर्ष परेको अविरल वर्षाको कारण पहिरोमा परि विस्थापित परिवारको लागी अनुदान तथा पुनस्थापित गराउने उद्धेश्यले अनुदान सम्झौता गर्न अनुरोध गरिएको हो ।

गत वर्ष अर्थात २०८९ असोज १८ गतेको अविरल वर्षाको कारण माण्डवी २ स्थित धन्चौर गाउँ नै पहिरोमा वगेको थियो भने मर्कावाङ्ग, रातापानी, तारिवाङ्ग किटा, वगुवा लगाएतका वस्तिका केही परिवारहरु विस्थापित भएका थिए । पिडितका निवेदन अनुसार माण्डवी २ भरिमा करिब ६० घरपरिवार पहिरोमा परि विस्थापित भएको वडा नं। २ का अध्यक्ष प्रकाश वली ले बताएका छन । अनुदान सम्झौता गर्न आउँदा नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, जग्गाधनी पुजा प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो,घरधुरी सर्वेक्षण निस्सा र वैंक खाता नम्वर सहितको चेकबुकको फोटोकपि लगायतको कागजात आवश्यक पर्ने अध्यक्ष वली ले जानकारी दिए । आवश्यक प्रक्रिया पुरा भएमा पहिरो पिडितका लागी गाउँपालिका तथा वडा कार्यालयको पहलमा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट पुर्ननिर्माण, पुर्नस्थापना गर्न जग्गा खरिद ३ लाख, घर निर्माण ४ लाख गरी जम्मा ७ लाख बरावरको रकम उपलब्ध गराउने तर माण्डवी गाउँपालिका तथा २ नं। वडा भन्दा बाहिर यो सम्झौता लागु नहुने अध्यक्ष वली ले जानकारी गराए । अनुदान सम्झौताको लागी यही श्रावण मसान्तभित्र सिभिल वैंकको खाता नम्वरले काम नगर्ने भएकोले हिमालयन वैंकको जस्पुर शाखाबाट खाता नम्वर सहित निवेदन तथा आवश्यक कागजात लिएर वडा कार्यालयमा उपस्थित हुन पहिरो पिडितलाई वडा कार्यालयले विषेश सुचना पनि जारी गरेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page